डेङ्गुका बिरामी थपिदैँ « Khabarhub

डेङ्गुका बिरामी थपिदैँ


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पामा साउनबाट यता हालसम्म डेङ्गुका पाँच बिरामी देखा परेका छन् । साउनमा दुई बिरामी फेला परेकोमा भदौमा तीन बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

तानसेन नगरपालिकाभित्र साउनको २६ गते ३७ वर्षीय र २४ गते ६१ वर्षीया महिलामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । भदौको दोस्रो हप्ता रम्भा गाउँपालिकामा एक, माथागढी गाउँपालिकामा एक र पूर्वखोलामा गाउँपालिकामा एक डेङ्गु रोग सङ्क्रमित बिरामी फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तराईलगायतका अन्यत्र जिल्लामा घुमफिर काम विशेषले गएका बखत त्यहीँबाट सङ्क्रमण सरेर आएका बिरामी पाल्पामा फेला परेको सूचना अधिकारी ज्ञवालीले बताए । ‘पाल्पा जिल्लाभित्रै डेङ्गु रोग देखिएको छैन, बाहिर अन्यत्र जिल्ला तथा स्थानमा पुगेका व्यक्तिमा त्यहाँबाटै सङ्क्रमण भएको पाइएको छ, जिल्लाभित्रै रोगको सङ्क्रमण फैलिएको भनेर आत्तिनुपर्ने अवस्था छैन’, उनले भने ।

सङ्क्रमित बिरामीको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार गरिएको छ । गत वर्षको भदौमा जिल्लामा सात बिरामी भेटिएका थिए । यो रोग एडिप्टाइ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । घर वरिपरि खाँडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने, शरीर पूरै ढाक्ने गरी कपडा लगाउने गरियो भने डेङ्गु रोग लाग्नबाट बच्न सकिने सूचना अधिकारी ज्ञवालीले बताए ।

अत्यधिक ज्वरो आउने, नाकको नाथ्री फुटेर रगत बग्नुजस्ता डेङ्गु रोगका लक्षण हुन् । डेङ्गु रोगको सङ्क्रमणले दिमागमा असर गर्ने हुँदा सजकता अपनाउन स्वास्थ्यकर्मीको अनुरोध छ । शरीरमा भएको रगतको मात्रा प्लेटेड नामक तत्वले घटाइदिने हुँदा रोगको लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ । विशेष गरी गर्मी क्षेत्रमा देखापर्ने डेङ्गु रोग पाल्पामा पहिले खासै देखिएको थिएन । पछिल्लो समय विस्तारै जिल्लामा डेङ्गुको सङ्क्रमण देखा पर्न थालेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ९ : ५१ बजे

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न

हिउँदे बर्सातले किसानमा खुसी

भोजपुर– लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह

एन्फा राष्ट्रिय लिगमा लालीगुराँसको जित

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले चित्लाङ

होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण रणनीतिक स्ट्रेट अफ होर्मुज अवरुद्ध

पर्यटक सुरक्षाका लागि प्रहरीलाई मोटरसाइकल

काठमाडौं– पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन