यी हुन् कवाडीलाई पुल बेच्ने दुई वडा अध्यक्ष, गल्ती गरेको स्वीकार | Khabarhub Khabarhub

यी हुन् कवाडीलाई पुल बेच्ने दुई वडा अध्यक्ष, गल्ती गरेको स्वीकार


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– निर्वाचित जनप्रतिनिधिले पुल बेचेको समाचार सार्वजनिक भएपछि उक्त कार्यमा संलग्न वडा अध्यक्षहरुले पत्रकार सम्मेलनको गरी आफूहरुले कानूनी प्रकृया पूरा नगरी पुल बेच्नु गल्ती भएको स्वीकार गरेका हुन् ।

तर पुल बिक्री गरे आएको रकम आफूहरुले वडाको खातामा राखेको उनीहरुको भनाइ छ ।

नुवाकोटस्थित विदुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिव कुमार चित्रकार र बेलकोटगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष भोजप्रसाद पुडासैनीले पुल बेचेको समाचार सार्वजनिक भएको थियो ।

शनिवार नुवाकोटको सदरमुकाम विदुरमा पत्रकार सम्मेलन आयोजना गरी दुबै वडा अध्यक्षहरुले पुल बिक्री गरेको स्वीकार गरी कानुनी प्रक्रिया नपुगेकोमा सहमत जनाएका छन् ।

विदुर–५ का वडा अध्यक्ष शिव कुमार चित्रकारले देविघाटस्थित तादी खोलामा रहेको पन्चायतकालमा बनेको झोलुङ्गे पुल बेलकोटगढी नगरपालिका–८ का वडा अध्यक्ष भोजप्रसाद पुडासैनीको सल्लाहमा बेचेको जनाए ।

वडा अध्यक्ष चित्रकारका अनुसार देविघाटमा रहेको पुल जिर्ण अवस्थामा रहेको र त्यसले खोलालाई समेत नराम्रो देखाएका कारण कवाडीलाई बेचिएको जनाए ।

खोलामा फोहोर देखिएको हुदाँ कबाडीलाई उक्त पुल बेचेर आफूहरुले ३५/३५ हजार रुपैयाँ बेलकोट र विदुरको वडाको खातामा दाखिल गरेको उनीहरुको दाबी छ ।

कानूनी प्रकृया पूरा गर्दा ढिला हुने भएका कारण आफूहरुले पुल बिक्री गरेको उनीहरुको भनाइ छ । स्थानीयसँग सल्लाह गरेर नै पुल बेचिएको चित्रकारले दाबी गरे ।

विदुर र वेलकोटगढीका स्थानीयले भने पुल बेच्ने कार्यमा संलग्न दुई जना वडा अध्यक्षमाथि कारवाहीकाे माग गर्दै विदुरमा नाराबाजीसमेत गरेका छन् । स्थानीयले पुल बेच्नु भन्दा पहिला स्थानीयसँग वडा अध्यक्षहरुले कुनै सल्लाह नै नगरेको दाबी गरेका छन् ।

वडाअध्यक्षहरुले प्रकृया पूरा गर्दा ढिला हुने बताइरहँदा स्थानीयले भने धेरै वर्षदेखि रहेको उक्त पुल बेच्न के हतारो पर्‍यो भनि प्रश्न गरेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  २ : ५६ बजे

च्याटजीपीटीका लागि नयाँ ‘डिप रिसर्च’ टूल घोषणा

टोकियो– चीनको डीपसीक च्याटबटले एआई क्षेत्रमा प्रतिस्पर्धा तीव्र पारेसँगै अमेरिकी

शुभांशु शुक्ला अन्तरिक्षमा जाने दोस्रो भारतीय हुँदै

नयाँदिल्ली– भारतीय वायुसेनाका अधिकृत शुभांशु शुक्ला नासाको एक्सियोम ४ मिसनका

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक 

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन ८

प्रेसर कुकरमा झुक्किएर पनि पकाउनुहोस् यी खानेकुरा

काठमाडौं– प्रेसर कुकर धेरै घरहरूमा प्रयोग हुने सबैभन्दा सामान्य भान्साको

टक्सारको सरस्वती गुफा ओझेलमा

टक्सार– श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भीड बढिरहँदा सदरमुकाम नजिकै