यी हुन् कवाडीलाई पुल बेच्ने दुई वडा अध्यक्ष, गल्ती गरेको स्वीकार « Khabarhub

यी हुन् कवाडीलाई पुल बेच्ने दुई वडा अध्यक्ष, गल्ती गरेको स्वीकार


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– निर्वाचित जनप्रतिनिधिले पुल बेचेको समाचार सार्वजनिक भएपछि उक्त कार्यमा संलग्न वडा अध्यक्षहरुले पत्रकार सम्मेलनको गरी आफूहरुले कानूनी प्रकृया पूरा नगरी पुल बेच्नु गल्ती भएको स्वीकार गरेका हुन् ।

तर पुल बिक्री गरे आएको रकम आफूहरुले वडाको खातामा राखेको उनीहरुको भनाइ छ ।

नुवाकोटस्थित विदुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिव कुमार चित्रकार र बेलकोटगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष भोजप्रसाद पुडासैनीले पुल बेचेको समाचार सार्वजनिक भएको थियो ।

शनिवार नुवाकोटको सदरमुकाम विदुरमा पत्रकार सम्मेलन आयोजना गरी दुबै वडा अध्यक्षहरुले पुल बिक्री गरेको स्वीकार गरी कानुनी प्रक्रिया नपुगेकोमा सहमत जनाएका छन् ।

विदुर–५ का वडा अध्यक्ष शिव कुमार चित्रकारले देविघाटस्थित तादी खोलामा रहेको पन्चायतकालमा बनेको झोलुङ्गे पुल बेलकोटगढी नगरपालिका–८ का वडा अध्यक्ष भोजप्रसाद पुडासैनीको सल्लाहमा बेचेको जनाए ।

वडा अध्यक्ष चित्रकारका अनुसार देविघाटमा रहेको पुल जिर्ण अवस्थामा रहेको र त्यसले खोलालाई समेत नराम्रो देखाएका कारण कवाडीलाई बेचिएको जनाए ।

खोलामा फोहोर देखिएको हुदाँ कबाडीलाई उक्त पुल बेचेर आफूहरुले ३५/३५ हजार रुपैयाँ बेलकोट र विदुरको वडाको खातामा दाखिल गरेको उनीहरुको दाबी छ ।

कानूनी प्रकृया पूरा गर्दा ढिला हुने भएका कारण आफूहरुले पुल बिक्री गरेको उनीहरुको भनाइ छ । स्थानीयसँग सल्लाह गरेर नै पुल बेचिएको चित्रकारले दाबी गरे ।

विदुर र वेलकोटगढीका स्थानीयले भने पुल बेच्ने कार्यमा संलग्न दुई जना वडा अध्यक्षमाथि कारवाहीकाे माग गर्दै विदुरमा नाराबाजीसमेत गरेका छन् । स्थानीयले पुल बेच्नु भन्दा पहिला स्थानीयसँग वडा अध्यक्षहरुले कुनै सल्लाह नै नगरेको दाबी गरेका छन् ।

वडाअध्यक्षहरुले प्रकृया पूरा गर्दा ढिला हुने बताइरहँदा स्थानीयले भने धेरै वर्षदेखि रहेको उक्त पुल बेच्न के हतारो पर्‍यो भनि प्रश्न गरेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  २ : ५६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर