गर्भधारणका लागि सबैभन्दा उत्तम उमेर कुन ? जानी राख्नुहोस् « Khabarhub

गर्भधारणका लागि सबैभन्दा उत्तम उमेर कुन ? जानी राख्नुहोस्


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

अहिलेका युवा–युवती विवाहको विषयलाई लिएर त्यति हतार देखाउँदैनन् । यहाँसम्म कि विवाहपछि सन्तान उत्पादनका लागि पनि आफूहरुको जीवन राम्रोसँग सेटल नहुञ्जेल पर्खने र त्यसपछि मात्रै गर्भधारणको योजनामा लाग्ने गर्छन् ।

यसबाट वैवाहिक जीवनमा बाधिएका जोडीलाई जीवन जिउने कुरामा महत्वपूर्ण सहयोग पनि मिलिरहेको हुन्छ । तर गर्भधारणको विषयलाई हेर्ने हो भने एउटा उमेर समूहपछि महिलाहरुमा सन्तान उत्पादनको क्षमतामा ह्रास आउने हुन्छ । यसले तनाव उत्पन्न गराउने छ । उपयुक्त गर्भधारणको उमेर नाघिसकेको अवस्थामा गर्भधारण भएपनि गर्भपतन हुने तथा अन्य समस्या देखिन सक्छ ।

त्यसैले कुन–कुन उमेर समूहमा गर्भधारण गर्नु उपयुक्त हुन्छ त ?

२० देखि ३० वर्षसम्म

२० देखि ३० वर्ष उमेर समूहलाई गर्भधारणको सबैभन्दा उत्तम समय मानिन्छ । यो उमेर समूहमा महिलामा गर्भधारणसँग जोडिएका विभिन्न समस्या आउने आशंका अत्यन्तै कम हुन्छ ।

यो उमेर समूहका महिलाको शरीरमा सबैभन्दा बढी स्वस्थ अण्डा उत्पादन हुन्छ । जसका कारण समस्यारहित ढंगले गर्भधारण सफल रुपमा हुने सम्भावना बढी हुन्छ ।

३० देखि ३९ वर्षसम्म

यो उमेर समूहमा महिला प्रवेश गर्दैगर्दा उसको शरीरमा भएको अण्डाको संख्या कम हुँदै जाने गर्छ । महिलाको शरीमा करिब दश लाख अण्डा हुन्छ । किशोरावस्थाबाट माथिको उमेर बढ्दै जाँदा उक्त अण्डा ३ लाखमा झर्नेछ ।

यसमा ३ सयदेखि ४ सय अण्डा भने गर्भधारणका लागि सफल हुने खालका हुन्छन् । ३७ वर्षको उमेरसम्ममा मात्र २७ हजार अण्डा महिलाको शरीरमा हुन्छ । अण्डाको संख्या घट्दै जाँदा यो उमेरमा आइपुग्दा गर्भधारण गर्ने सम्भावना पनि कम हुँदै जान्छ ।

यो उमेर समूहमा महिलाले गर्भधारण गरे पनि उसले विभिन्न स्वास्थ्य समस्याको सामना गर्नु पर्ने हुन्छ । जसले उसको कोखमा हुर्कदै गरेका बच्चाको शारीरिक विकासमा पनि प्रभाव पार्दछ । साथै यो उमेरमा गर्भपतनको पनि उत्तिकै उच्च जोखिम हुन्छ ।

४० वर्षदेखि ४९ वर्षसम्म

एक अध्ययनअनुसार यो उमेर समूहमा महिलाले तीन महिनासम्म गर्भधारण गर्ने प्रयास गरेमा यसको सफलताको दर सात प्रतिशत मात्रै हुन्छ । यदि यो उमेर समूहकी महिलाले गर्भधारण गरेपनि उसको र बच्चाको स्वास्थ्यमा थुप्रै किसिमका जोखिम आउन सक्ने छन् ।

यस्ता जोखिमहरुमा गर्भपतन, निश्चित समयभन्दा अगाडि नै सुत्केरी, बच्चाको कम तौल, बच्चा जन्मदैदेखि रोगी, जन्मिएको बच्चाको मृत्युसम्म हुने सम्भावना अत्यन्तै धेरै हुन्छ ।

यो उमेर समूहकी महिलाले गर्भधारण गरेमा ब्लड प्रेसर (बीपी) वा सुगर (मधुमेह) को समस्या आमरुपमा हुने गर्दछ । यस्तै, गर्भपतनको सम्भावना पनि दुई गुणा बढी हुने गर्दछ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ७ : ४७ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या