आइसीसीको नयाँ वरियता सार्वजनिक– धोनी भन्दा पारस खड्का अगाडि « Khabarhub

आइसीसीको नयाँ वरियता सार्वजनिक– धोनी भन्दा पारस खड्का अगाडि


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले टी २० को नयाँ वरियता सार्वजनिक गरेको छ । जसमा तीन जना नेपाली खेलाडी अटाएका छन् ।

नेपाली क्रिकेट खेलाडी पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले बरियतामा स्थान बनाएका हुन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तान खड्का टी २० अलराउण्डर तर्फ २७ औ स्थानमा छन् । उनले भारतका रोहित शर्मा, वेस्ट इण्डिजका क्रिस गेललगायतलाई पनि पछि पारेका छन् । त्यस्तै सोमपाल ६७ औं स्थानमा अटाएका छन् ।

त्यस्तै ब्याटिङतर्फ पारस ६८ औं स्थानमा रहेका छन् । उनी भन्दा पछाडि भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी परेका छन् । उनी ६९ औ स्थानमा छन् ।

बलिङमा सोमपाल र बसन्तले स्थान बनाएका छन् ।

बसन्त ७२ औं स्थानमा छन् भने सोमपाल ७८ औं स्थानमा छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ८ : २२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी