नयाँ विद्यालय खोल्न काठमाडौं महानगरले अनुमति नदिने | Khabarhub Khabarhub

नयाँ विद्यालय खोल्न काठमाडौं महानगरले अनुमति नदिने


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ।

हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो।

विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा विभागले जनाएको छ । हाल कमपामा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय सञ्चालनमा छन्।

ती विद्यालयमा एक लाख ६५ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन्। यसमध्ये एक लाख ५८ हजार ९७१ जना संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन्।

कानूनीरूपमा नै विद्यालय सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय तहले पाएसँगै कामपाले यस किसिमको व्यवस्था गरेको हो । कामपा शिक्षा विभाग प्रमुख निर्मला केसीका अनुसार नयाँ विद्यालय सञ्चालन गर्नुभन्दा पनि भएकालाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेकाले यस किसिमको कार्य अघि बढाइएको हो ।

महानगरमा ९१ सामुदायिक विद्यालयमा एक हजार ८३० शिक्षक कार्यरत छन् । यस्तै कामपाले विद्यालयका शिक्षक, कर्मचारी तथा अभिभावकलाई कुनै वैदेशिक भ्रमण, तालीम, सभा, अवलोकन भ्रमण, खेलकूद, मैत्रीपूर्ण भ्रमण वा स्वदेशमै शैक्षिक भ्रमण वा यस्तै कुनै कार्यमा लैजाँदा कामपा शिक्षा विभागको पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था गर्न लागेको छ ।

यसैगरी आगामी शैक्षिकसत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ््यक्रमका रुपमा लागू गर्ने बताइएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ७ : २६ बजे

सिंगो बस्तीको एउटा मात्रै शौचालय

गोरखा – दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको

‘मिथ्या सूचनाको बाढी’ ल्याएका भारतीय मिडियाले ‘युद्धको उत्सव मनाएर तमासा देखाए’

काठमाडौं– भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै आममान्छेको दिमागमा के आउला

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको