आप्रवासी कामदारको मानव अधिकार संरक्षण सम्बन्धि सम्मेलनको तयारी पूरा « Khabarhub

आप्रवासी कामदारको मानव अधिकार संरक्षण सम्बन्धि सम्मेलनको तयारी पूरा


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले यहि कार्त्तिक २६, २७ र २८ गते ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ ।

आयोगले बिहीबार पत्रकार सम्मेलन गरी सम्मेलनको लागि आवश्यक तयारी पुरा भएको जानकारी दिएको हो । आप्रवासी कामदार स्वच्छ र जवाफदेही भर्ना प्रक्रिया, कामदारको सुरक्षा, परिवारको अधिकार तथा न्यायमा पहुँचजस्ता विषयमा सम्बोधन गर्न ३ दिनसम्म काठमाण्डौमा सम्मेलन गर्न लागिएको आयोगका सदस्य सुदिप पाठकले जानकारी दिए ।

आप्रवासी कामदारको अधिकार संरक्षणमा खासगरी एसिया प्रशान्त क्षेत्रका उत्पत्ति देश र गन्तव्य देशमा देखिएका चुनौती, स्वच्छ र जिम्मेवारी भर्ना प्रक्रिया, अनियमित आप्रवासनलाई सम्बोधनको साझा सवाल, न्यायमान्यायमा पहुँचको सुनिश्चिताका सम्भावना तथा प्रयास, सहकार्य र सूचना अदानप्रदानजस्ता विषयमा सम्मेलन केन्द्रित हुने पाठकले बताए ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा विभिन्न देशका मानव अधिकार आयोगका अध्यक्ष तथा सदस्य, अन्तर्राष्ट्रिय विज्ञ, सरकारका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिका साथै आप्रवासी कामदारको मानव अधिकार संरक्षण कार्यरत अन्तर्राष्ट्रिय संस्था सहभागी हुने आयोगले जनाएको छ ।

साथै ६२ जना अन्तराष्ट्रिय प्रतिनिधि र ४५ जना राष्ट्रिय प्रतिनिधिहरुको सहभागितामा रहने आयोगले जानकारी दिएको छ । साउदी,अरब, कुवेत, बहराइन लगायत खाडीका देशबाट समेत प्रतिनिधित्व रहने जनाइएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  १२ : ३१ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य