तीन दिवसीय क्रिकेट– नेपाल १५३ रनमा अलआउट « Khabarhub

तीन दिवसीय क्रिकेट– नेपाल १५३ रनमा अलआउट


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमसीसी विरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटको पहिलो इनिङ्समा नेपाल अलआउट भएको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा दोस्रो दिनको पहिलो सेसनमा एमसीसी अलआउट भएपछि ब्याटिङमा उत्रिएको नेपाल ४४ ओभर ४ बलमा १५३ रन जोड्दै अल आउट भएको हो ।

नेपाललाई सुरुवातमा झड्का लागेको थियो । ओपनरका रुपमा मैदान प्रवेश गरेका ज्ञानेद्र मल्ल डक आउट भएका थिए । नेपालले १८ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको थियो । राजु रिजालले ८ रन जोड्दा शरद भेषवाकर ४ रनमा आउट भएका थिए ।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३८ रन बनाए ।

एमसीसीलाई ३ सय ६४ रनमा अलआउट गरेर ब्याटिङ थालेको नेपालले लन्च ब्रेकसम्म १८ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले १०१ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ६४ रन बनायो । पहिलो दिन ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको एमसीसीले दोस्रो दिन बिहिबार ५३ रन जोड्दा बाँकि ४ विकेट गुमाएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ३ : ४० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण