महराको कारागार बास– रगतमा कोलेस्ट्रोलको मात्रा बढ्यो ! « Khabarhub

महराको कारागार बास– रगतमा कोलेस्ट्रोलको मात्रा बढ्यो !


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराले कारागार बसाइको क्रममा आफू अस्वस्थ हुँदै गएको बताएका छन् ।

आफूलाई भेट्न आउन आफन्तसँगको कुराकानीमा क्रममा महराले आफ्नो स्वास्थ्य गम्भीर बन्दै गएको बताउने गरेका छन् ।

भेट्न आउनेहरुलाई महराले भन्ने गरेका छन्, ‘रगतमा कोलेस्ट्रोलको मात्रा बढ्दा पहिला पनि यस्तै समस्या हुन्थ्यो । स्वास्थ्यले समस्या दिइरहेको छ ।’

जिल्ला अदालत काठमाडौं आदेशानुसार डिल्लीबजार कारागारमा रहेका महरालाई भेट्न बिहीबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ पनि पुगेका थिए ।

आफूसँगको भेटका क्रममा पनि महराले स्वास्थ्य समस्याकै बारेमा बढी कुरा गरेको गुरुङले खबरहबलाई जानकारी दिए ।

‘उहाँले रक्चचाप बढेको, कोलेस्ट्रोल पनि बढेको भनेर सुनाउनुभयो,’ गुरुङले भने, ‘महराजी चिन्तित देखिनु भयो ।’

महराले आफूसँग कानूनी परामर्श पनि लिएको गुरुङले जानकारी दिए । ‘महराजीले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिने विषयमा कुरा गर्नुभयो,’ गुरुङले भने, ‘जिल्ला अदालतको आदेश बेरितको लागे पुनरावेदनका लागि निवेदन दिन पाउने कानूनी व्यवस्था छ । मैले पनि उहाँलाई सोही सल्लाह दिए ।’

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ५ : २२ बजे

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल

राहदानी विभागमा नयाँ प्रणाली सुरु : एक करोड डेटा एकसाथ सारियो

काठमाडौँ – परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा धेरै

हेटौँडामा बाढी: चालकसहित ट्रक बगायो

हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले

आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्तीमा प्रभातफेरी (तस्बिरहरू)

काठमाडौँ– आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा

चर्का भाषण गर्नेबाट देश रूपान्तरण हुन सक्दैन: महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चर्का भाषण