यी हुन् मन्त्रिपरिषद बैठकका १६ निर्णय | Khabarhub Khabarhub

यी हुन् मन्त्रिपरिषद बैठकका १६ निर्णय


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- सरकारले गत कार्तिक १७, १८, र २० गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ ।

बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

यी हुन् १६ निर्णय

१. एशियाली पूर्वाधार लगानी बैंकबाट विद्युत वितरण प्रणाली स्तरोन्नती तथा विस्तार आयोजनाका लागि प्रस्तावित ११२.३ मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।

२. नेपाल र जर्मनीबीच कुटनीतिक नियोगमा कार्यरत कुटनीतिक कर्मचारीको परिवारका आश्रित सदस्यलाई रोजगारका लागि अनुमति दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।

३. नेपाल र रूसी महासंघबीच सम्पन्न सरकारी तथा कुटनीतिक राहदानी वाहकहरूलाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतापत्रलाई नोट आदनप्रदानमार्फत संशोधन गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ ।

४. १३ औं दक्षिण एशियाली खेलकुद २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, स्वीकृत गरिएको छ ।

५. लेखा प्रमुख सेनानी गोपालप्रसाद सिग्देललाई लेखा महासेनानी दर्जामा पदोन्नती गरिएको छ ।

६. नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समुह, जनरल जियोलोजी उपसमुहको राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका सुधीर रजौरे र नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह हाइड्रोजियोलोजी उपसमुहका राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका चुर्णबहादुर ओलीलाई संघको समान श्रेणीमा र पदमा समायोजन गर्ने निर्णय गरिएको छ ।

। त्यसैगरी नेपाल इन्जिनियरिङ सेवा, केमेष्ट्री समुहसहको राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका कुमारी ज्योती श्रेष्ठ र केशवकुमार न्यौपानेलाई संघको समान श्रेणी र पदमा समायोजन गर्ने निर्णय गरिएको छ ।

७. नेपाल मेडिकल काउन्सिलको रिक्त अध्यक्ष पदमा प्रा. डा. भगवान कोइराला, पाल्पालाई मनोनित गरिएको छ ।

८. देहाय प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ–

प्रदेश नं १ : प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ धनकुटा

प्रदेश नं २ : रत्नेश्वर लाल (कायस्थ), काठमाडौं

प्रदेश नं ३ : अनुराधा कोइराला, काठमाडौं

गण्डकी प्रदेश : बाबुराम कुँवर, अर्घाखाँची

प्रदेश नं ५ : उमाकान्त झा, धनुषा

कर्णाली प्रदेश : दुर्गा केशर खनाल सुर्खेत

सुदुरपश्चिम प्रदेश : मोहनराज मल्ल, कैलाली

९. युवा रोजगारी प्रवर्दन गर्ने उद्देश्यसहितको रूपान्तरण पहल परियोजनाका लागि विश्व बैंकबाट प्रस्ताव भएको करिब रू. १३ अर्व ६२ करोड (१२० मिलियन अमेरिकी डलर) बराबरको सहुलियत ऋण सहायता स्वीकार गरिएको छ ।

१०. माननीय पराराष्ट्र मन्त्रीज्यु रुसी महासंघको औपचारिक भ्रमणका अवसरमा रुसी महासंघसँग कल्चरल एक्सचेञ्ज प्रोग्रामसम्बन्धी समझदारीपत्रमा नेपालका तर्फबाट रुसी महासंघका लागि नेपालका राजदुतलाई हस्ताक्षर गर्न स्वीकृति दिइएको छ ।

११. तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र निर्माण गर्न गोदावरी नगरपालिकामा पर्ने नेपाल सरकारको स्वामित्वमा रहेको कित्ता नं. ३२ को कुल २८२ रोपनी ६ आना ३ पैसा जग्गामध्ये वनस्पति उद्यान एरियादेखि पश्चिमतर्फको र केशर दरबारको कम्पाउन्ड वालदेखि उत्तरतर्पmको २५ रोपनी जग्गा नेपाल सरकार, सहरी विकास मन्त्रालयको नाममा स्वामित्व हस्तान्तरण गर्ने निर्णय गरिएको छ ।

१२. आर्थिक ऐन, २०७६ को दफा १८ को उपदफा (१) बमोजिम करको दर घटाउने, बढाउने वा छुट दिने, कर सम्बन्धी विषयमा सैद्धान्तिक सहमति प्रदान गर्ने र अन्तःशुल्क नियमावली, २०५९ संशोधन गर्ने निर्णय गरिएको छ ।

१३. प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यको उप–निर्वाचनमा नेपाली सेना परिचालन गर्ने निर्णय गरिएको छ ।

१४. नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच बाँडफाँट हुने प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटको आधार, सीमा, मार्गदर्शन, विधि र हिस्सा स्वीकृत गरिएको छ ।

१५. देहायका व्यक्तिहरूलाई देहायका प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ–

प्रदेश नं. १ : सोमनाथ अधिकारी ‘प्यासी’, कास्की

प्रदेश नं. २ : तिलक परियार, बाँके

प्रदेश नं. ३ : विष्णुप्रसाद प्रसाई, झापा

गण्डकी प्रदेशः अमिक शेरचन, चितवन

प्रदेश नं. ५ : धर्मनाथ यादव, सिरहा

कर्णाली प्रदेश : गोविन्दप्रसाद कलौनी, बैतडी

सुदुरपश्चिम प्रदेश : शर्मिलाकुमारी पन्त, चितवन

१६. राष्ट्रिय शिक्षा नीति, २०७६ स्वीकृत गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ७ : ०२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०