त्रिवि उपचारकोषको पैसा विद्यार्थीले पाउँदैनन् « Khabarhub

त्रिवि उपचारकोषको पैसा विद्यार्थीले पाउँदैनन्


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालय मातहत खडा भएको स्वास्थ्य उपचार कोषमा झन्डै ४ करोड रुपैयाँ जम्मा भए पनि अधिकांश विद्यार्थीले त्यसको उपयोग गर्न पाएका छैनन् ।

जसका कारण स्वास्थ्य उपचारका लागि विद्यार्थी आफैंले उठाएको त्यति धेरै रकम थन्किन पुगेको छ । अधिकांश विद्यार्थीलाई कोषबारे जानकारी नहुँदा र कार्यविधि झन्झटिलो हुँदा विद्यार्थीहरू स्वास्थ्य उपचारबाट विमुख हुनुपरेको हो ।

त्रिभुवन विश्वविद्यालयका अनुसार नेपाल सरकारको नीतिबमोजिम निःशुल्क उपचार भन्नाले स्वास्थ्योपचार खर्चका साथै नेपाल सरकारद्वारा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिमित व्यक्तिका लागि गरिने खर्च, सुत्केरी र गर्भवतीसम्बन्धी खर्च र उपचार पर्छ ।

यस्तै, चस्मा र चस्माको लेन्स खर्च, स्वेच्छिक कस्मेटिक उपचार खर्च, दुर्घटनामा परेकोबाहेक दाँतको उपचार खर्च, कुनै पनि प्रकारको औषधि खर्च, सम्बन्धित क्याम्पसमा भर्ना हुनुअगाडि लागेको दीर्घकालीन रोग भएको मेडिकल बोर्डबाट ठहर हुन आएमा त्यस्ता विद्यार्थी कोषको सदस्य भए पनि सम्बन्धित रोगको स्वास्थ्योपचार खर्च, सामान्य स्वास्थ्य परीक्षण खर्च पनि विश्वविद्यालयले व्यहोर्नेछ ।

महेन्द्र बहुमुखी क्याम्पस दाङमा अध्ययनरत सिरीसा केसी स्वास्थ्य बिमा शुल्क तिर्छिन् । तर, स्वास्थ्य बिमा शुल्कका विषयमा उनी जानकार छैनन् ।

एकातिर कोषमा रकम बढ्दै जानु अर्कोतर्फ सहज तरिकाले सेवा नपाउँदा कोषको प्रभावकारिता माथि नै प्रश्न चिह्न खडा भएको विद्यार्थीहरूले आरोप लगाउँदै आएका छन् । विद्यार्थीका हकहितका लागि स्थापना भएका भनिएका स्वतन्त्र विद्यार्थी युनियनले पनि विद्यार्थीको स्वास्थ्योपचारबारे खासै ध्यान दिन नसकेको गुनासो विद्यार्थीहरूको छ ।

विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म सो कोषमार्फत १ हजार ५ सय विद्यार्थी मात्रै लाभान्वित भएका छन् । जबकि विश्वविद्यालय मातहत ६२ वटा आंगिक क्याम्पस र एक केन्द्रीय क्याम्पसमा हजारौं विद्यार्थी अध्ययनरत छन् । यस्तै, विश्वविद्यालय मातहत १ हजार ८५ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् ।

त्रिविअन्तर्गत आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई उपचार खर्चबापत प्रतिविद्यार्थी १ लाख रुपैयाँसम्म उपलब्ध गराइने त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ८ : २५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर