भारतको एक खाद्य भण्डारमा आगलागी, ३५ जनाको मृत्यु « Khabarhub

भारतको एक खाद्य भण्डारमा आगलागी, ३५ जनाको मृत्यु


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको दिल्लीको एक खाद्य भण्डारमा भएको आगलागीमा परि ३५ जनाको मृत्यु भएको छ । घटनामा परी १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

समाचार संस्था एएनआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार घटनामा ३५ जनाको मृत्यु भएको छ ।

घाइतेको लोक नायक अस्पतालमा उपचार गरिदै छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार खाद्य भण्डार रहेको एक घरमा आगलागी भएको थियो ।

आगो नियन्त्रणका लागि दमकलसहितका ३० भन्दा धेरै गाडीहरु खटिएका थिए ।

आगलागी विहान ५ बजे भएको थियो । उक्त भवनको तेस्रो तलामा एक बेकरी रहेको छ ।

बेकरीको माथिल्लो तलामा आगो लागेको थियो । जसका कारण पूरै भवन आगोको चपेटामा परेको थियो ।

दिल्ली फायर सर्र्भिका उपप्रमुख सुनील चौधरीले भने,‘आगो नियन्त्रणमा लिइएको छ, ३० भन्दा धेरै दमकल अन्य गाडी राहत र वचाउ कार्यमा खटिएका थिए ।’

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १० : ३६ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप