‘प्रेम गीत ३’ मा प्रदीप र क्रिष्टिनाको बाल्यकालको भूमिकामा अनुभव र योगिशा « Khabarhub

‘प्रेम गीत ३’ मा प्रदीप र क्रिष्टिनाको बाल्यकालको भूमिकामा अनुभव र योगिशा


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘प्रेम गीत ३’ का शीर्ष कलाकार प्रदीप खड्काको बाल्यकालको भूमिका निभाएका अनुभव रेग्मीलाई देखाउँदै फस्ट लूक सार्वजनिक भएको छ ।

आउँदो चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा शीर्ष भूमिकामा प्रदीप खड्का र क्रिष्टिना गुरुङ छन् । प्रदीप र क्रिष्टिनाको बाल्यकालको भूमिकामा अनुभव रेग्मी र योगिशा खत्रीलाई देख्न सकिन्छ ।

निर्माण टिमले कलाकारको क्यारेक्टर लूक पनि सावर्जनिक गरेको छ । यसअघि शिव श्रेष्ठको चरित्र देखाउने गरी पोस्टर सार्वजनिक गरिएको थियो ।

चलचित्रको यतिबेला मनाङमा छायांकन भइरहेको छ । शूटिङ स्थलका केही तस्वीर निर्माण टिमले यसअघि पनि सार्वजनिक गरेको थियो ।

यो चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेका छन् ।

चलचित्रमा मनिष राउत, शिव श्रेष्ठ, सुनील थापा, सुजल बस्नेत, प्रेम पुरी, लक्ष्मी बर्देवा लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

यसअघि मोसन पोस्टर र शीर्ष कलाकारको पोस्टर पनि निर्माण टिमले सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ११ : ३९ बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष