‘प्रेम गीत ३’ मा प्रदीप र क्रिष्टिनाको बाल्यकालको भूमिकामा अनुभव र योगिशा « Khabarhub

‘प्रेम गीत ३’ मा प्रदीप र क्रिष्टिनाको बाल्यकालको भूमिकामा अनुभव र योगिशा


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘प्रेम गीत ३’ का शीर्ष कलाकार प्रदीप खड्काको बाल्यकालको भूमिका निभाएका अनुभव रेग्मीलाई देखाउँदै फस्ट लूक सार्वजनिक भएको छ ।

आउँदो चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा शीर्ष भूमिकामा प्रदीप खड्का र क्रिष्टिना गुरुङ छन् । प्रदीप र क्रिष्टिनाको बाल्यकालको भूमिकामा अनुभव रेग्मी र योगिशा खत्रीलाई देख्न सकिन्छ ।

निर्माण टिमले कलाकारको क्यारेक्टर लूक पनि सावर्जनिक गरेको छ । यसअघि शिव श्रेष्ठको चरित्र देखाउने गरी पोस्टर सार्वजनिक गरिएको थियो ।

चलचित्रको यतिबेला मनाङमा छायांकन भइरहेको छ । शूटिङ स्थलका केही तस्वीर निर्माण टिमले यसअघि पनि सार्वजनिक गरेको थियो ।

यो चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेका छन् ।

चलचित्रमा मनिष राउत, शिव श्रेष्ठ, सुनील थापा, सुजल बस्नेत, प्रेम पुरी, लक्ष्मी बर्देवा लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

यसअघि मोसन पोस्टर र शीर्ष कलाकारको पोस्टर पनि निर्माण टिमले सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ११ : ३९ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले