चार अनुसन्धानकर्ता नबिल विज्ञान तथा प्रविधि पुरस्कारबाट सम्मानित « Khabarhub

चार अनुसन्धानकर्ता नबिल विज्ञान तथा प्रविधि पुरस्कारबाट सम्मानित


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानले ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कारहरु’ ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरिएको छ ।

सो पुरस्कार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा नास्टका सहकुलपति गिरीराज मणि पोखरेलले गत शुक्रबार नास्टमा आयोजित पुरस्कार वितरण समारोहमा प्रदान गरेका छन् ।

अनुसन्धानकर्ताहरु प्रा. डा. परशुराम मिश्र, प्रा. डा. विद्या श्रेष्ठ, डा. श्याम प्रसाद डुम्रे तथा डा. प्रतिभा पाण्डेलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट पुरस्कृत गरिएको छ ।

कार्यक्रम पश्चात पुरस्कृत विज्ञहरुसगंको भेटमा नविल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याले विज्ञान तथा प्रविधि क्षेत्र अध्ययन र अनुसन्धान गरि यस क्षेत्रको विकासमा योगदान पुर्याएको भएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गरेकोमा आभार प्रकट गरे । उक्त पुरस्कारको राशि प्रति व्यक्ति वा संस्था १ लाख २५हजार रुपैया रहेको छ ।

नास्टको उक्त समारोहमा जम्मा २६ अनुसन्धानकर्ताहरुलाई विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्वारा कृतिहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठित पुरस्कार मानिन्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १२ : ५२ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम