बाँकेको कोहलपुर तनावग्रस्त, कर्फ्यू लगाउने तयारी | Khabarhub Khabarhub

बाँकेको कोहलपुर तनावग्रस्त, कर्फ्यू लगाउने तयारी


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कोहलपुर– तीब्र गतिमा रहेको ट्रकले विद्यार्थीलाई टक्कर दिएपछि तनावग्रस्त बाँकेको कोहलपुरमा स्थानीय प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले अवस्था बिग्रिरहेको भन्दै कर्फ्यू लगाउने अवस्थामा पुगेको बताए ।

‘अवस्था झनझन् बिग्रिरहेको छ। सुरक्षा समितिको बैठक बसेर कर्फ्यू लगाउनेबारे निर्णय गर्दैछौं,’ उपाध्यायले भने ।

आइतबार विहान ना२ख ९४५९ नम्बको ट्रकले त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत प्रकृत्रि चन्दलाई विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।

आक्रोशित विद्यार्थी र स्थानीयहरुले ठक्कर दिने ट्रकमा आगजनी गर्नुका साथै करिब ७ वटा सवारीका साधानमा तोडफोड गरेका छन् ।

विद्यार्थीहरुले राजमार्ग र सडक ठप्प पारेका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गरेको थियो । आक्रोसित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन् ।

स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ। घटनामा केही विद्यार्थी घाइते भएका छन् ।

प्रदर्शनकारीसँगको झडपमा इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीसहित केही प्रहरीहरू पनि घाइते भएका छन् ।

तीब्र गतिमा रहेको ट्रकले प्रकृतिलाई ठक्कर दिइ घाइते बनाएको अवस्थामा ब्याक गरेर पुनः किचेको स्थानीयले जनाएका छन् ।

घटनाबारे जानकारी गराउन जाँदा स्थानीय प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीले उल्टै अभद्र व्यवहार देखाएको पनि स्थानीयहरुको भनाइ छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  २ : ०४ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन