बालसुधार गृहमा क्षमताभन्दा बढी बालकहरु राखिँदा समस्या « Khabarhub

बालसुधार गृहमा क्षमताभन्दा बढी बालकहरु राखिँदा समस्या


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिलगढी– जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भन्ने चर्चा चलिरहेका बेला यहाँको जिल्ला सदरमुकाम सिलगढीस्थित बालसुधार गृहमा क्षमताभन्दा बढी बालकहरु राखिँदा झन् समस्या हुँदै आएको छ ।

विसं २०७५ भदौ महिनामा सुदूरपश्चिम प्रदेशभरिका लागि स्थापना गरिएको बालसुधार गृहमा कूल २५ बालक बस्न मिल्ने क्षमताको भए पनि हाल ४८ जना बालक बस्दै आएका छन् । क्षमताभन्दा दोब्बर बालक राखिएका कारण उनीहरुलाई दैनिक कार्यमा समस्या हुँदै आएको छ ।

बालसुधार गृहमा क्षमताभन्दा बढी बालक बस्ने गर्दा व्यवस्थापनलगायतका अन्य सेवा सुविधा लुगा, कपडा, खान–बस्नमा पनि समस्या हुने गरेको बालसुधार गृह व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

उनले भने, ‘बालकहरु बढी भएका कारण उनीहरुको बसाइ व्यवस्थापनमा समस्यादेखि अन्य सुरक्षा क्षेत्रमा समेत समस्या हुन्छ, आर्थिक रुपमा पनि सीमित बजेट हुन्छ बढी बालकहरु भए अदालतमा हाजिर गराउन, फैसला हुँदा पनि थप सुरक्षा व्यवस्थापन गर्नुपर्छ निकै समस्या उत्पन्न हुने गरेको छ ।’

बालसुधार गृहको सम्पूर्ण अवस्थाका बारेमा अनुगमन गरी र बालकहरुको समस्याका बारेमा लिखित रुपमा माथिल्लो निकायमा जानकारी गराई सकेको समेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । क्षमताभन्दा बढी बालकहरु भएका कारण खाने, बस्नेदेखि अन्य व्यवस्थापनमा समस्या हुने गरेको बालसुधार गृह डोटीकी प्रशासकीय अधिकृत सानुमाया लिम्बूले बताइन् ।

लिम्बूले भनिन्, ‘क्षमताभन्दा बढी बालक भएका कारण हामीलाई उनीहरुको खानपान, बसाइदेखि अन्य सरसफाइ तथा सुरक्षा गर्नमा निकै चुनौती भएको छ, हामीले हाम्रो समस्याका बारेमा पटक पटक जानकारी दिँदा पनि केही पहल हुन सकेको छैन ।’

बालसुधार गृहमा रहेका ४८ बालकमध्ये १२ जनाको अदालतले फैसला गरिसकेको छ भने अन्य ३६ जनाको हकमा फैसला नभई पुर्पक्षका लागि बालसुधारगृहमा राखिएको प्रशासकीय अधिकृत लिम्बूले जानकारी दिइन् ।

डोटी जिल्लामा रहेको बालसुधार गृहमा हाल प्रदेश नं ५ र ७ का विभिन्न जिल्लाका बालकहरु रहेका छन् । सुदूरपश्चिम प्रदेशभरि एकमात्र बालसुधार गृह भएका कारण यहाँ बालकहरुको बढी चाप रहेको बालसुधार गृहका कर्मचारीहरु बताउँछन् ।

कानूनमा दण्डनीय काम गरेका बालकहरुलाई अदालती निर्णय गरी जेल पठाउनुभन्दा सुधार गृहमा राखी आचरण सुधार गर्नुपर्ने नेपाल सरकारको नीतिनियमअनुसार देशका अन्य सातवटा जिल्लासहित सुदूरपश्चिम प्रदेशमा पनि बालसुधार गृह स्थापना गरिएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ५ : ५२ बजे

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया

देवचुलीका उद्योगको दूषित पानीले गैंडालाई समस्या, स्थानीयले गुहारे गृहमन्त्रीलाई

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ नवलपुरको देवचुली क्षेत्रमा पुगेका छन्। त्यहाँ

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको