‘सँगसँगै’ बन्ने, बाँधियो सौगात र सृष्टिको जोडी « Khabarhub

‘सँगसँगै’ बन्ने, बाँधियो सौगात र सृष्टिको जोडी


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘सँगसँगै’ निर्माण हुने भएको छ । राजधानीमा शुक्रवार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको जानकारी दिइयो ।

फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहने निर्माण टिमले जनायो । फिल्मको कथा रंगपत्रकार लक्ष्मण सुवेदीले तयार पारेका हुन् ।

मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको ‘सँगसँगै’ को शुक्रबार भद्रकाली मन्दिरमा मुहूर्त गरिएको थियो ।

फिल्ममा साथी–साथीबीचको सम्बन्धलाई देखाइने निर्माण टिमले जानकारी दियो । यस्तै फिल्ममा सौगात र सृष्टिसँगै मुकुन भुसाल, आश्मा गिरी, रश्मी भट्ट, सविता रेग्मी, आलम खान, सूर्य श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय रहेनछ ।

सुवानी फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा तोरण क्षेत्री, विष्णु लामिछाने, रोशन केसी र विष्णुबहादुर केसीको लगानी रहनेछ ।

माघदेखि छायांकन शुरु हुने फिल्म नेपालसँगै अष्ट्रेलियामा समेत शूटिङ गरिनेछ । पछिल्लो समय सौगात र सृष्टिले एकपछि अर्को गर्दै फिल्ममा सँगसँगै काम गर्ने गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ३ : २५ बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष