ग्लोबल आईएमई बैंकको सीईओमा क्षेत्री र सिनियर डिसीईओमा ढकाल नियुक्त « Khabarhub

ग्लोबल आईएमई बैंकको सीईओमा क्षेत्री र सिनियर डिसीईओमा ढकाल नियुक्त


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा परशुराम कुवँर क्षेत्री नियुक्त भएका छन् ।

ग्लोबल आईएमई बैंक र जनता बैंक मर्ज भएपछि बनेको ग्लोबल आईएमई बैंकको सीईओमा साविकका जनता बैंकको सीईओ परशुराम कुँवर क्षेत्री नियुक्त भएका हुन् ।

मर्जर सम्झौता पत्रको अनुसार क्षेत्रीले बैंकको सीईओको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

त्यस्तै, ग्लोबल आईमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले मर्जपछि बनेको ग्लोबल आईएमई बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सिनियर डीसीईओको कार्यभार सम्हाल्ने भएका छन् ।

मंसिर २० गते बसेको बैंक संचालक समितिको बैठकले कम्पनीको सीईओ र सिनियर डिसीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ४ : १७ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा