पर्यटन क्षेत्रमा अनुसन्धानको अभाव : मन्त्री भट्टराई « Khabarhub

पर्यटन क्षेत्रमा अनुसन्धानको अभाव : मन्त्री भट्टराई


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उचित अनुसन्धानको अभावका कारण पर्यटन क्षेत्रले सोचेजति प्रगति हासिल गर्न नसकेको बताएका छन् ।

अनुसन्धानमुलक दस्तावेजको अभावमा प्रभावकारी पर्यटकीय योजना निर्माण हुन नसकेको उल्लेख गर्दै उनले आगामी वर्ष सरकराले अनुसन्धानलाई जोड दिने जानकारी दिए ।

पर्यटन विकासको नयाँ गन्तव्यस्थलको खोजी गर्ने उद्देश्यले बारबरा फाउण्डेशनले आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री भट्टराईले भने, “अब पहिलो काम पर्यटन क्षेत्रकै खोज र अनुसन्धान गर्नुपर्ने छ, त्यही अनुसन्धानको दस्तावेजका आधारमा नयाँ योजना बनाउनु जरुरी छ, यो काम आगामी वर्षदेखि शुरु हुन्छ ।”

उनले नेपाल भ्रमण वर्ष २०२० चल्दै गर्दा आगामी दशकलाई पर्यटन प्रवद्र्धनको दशकको घोषणा गरेर अनुसन्धानात्मक दस्तावेज तयार पारी पर्यटन विकासका योजना निर्माण गर्ने र त्यही मुताविक पूर्वाधार विकासमा लाग्ने सरकारी योजना रहेको बताए ।

भ्रमण वर्षमा पर्यटक मात्रै भित्र्याउने उद्देश्य नरहेका प्रष्ट्याउँदै उनले पर्यटकको बसाइ लम्ब्याउने, खर्च बढाउने र रोजगारी सिर्जना गर्ने तथा आर्थिक समृद्धिमा टेवा पुर्‍याउनेतर्फ सरकराको ध्यान रहेको बताए ।

आगामी १० वर्षमा पर्यटन क्षेत्रको कुल गाह्र्रस्थ उत्पादनमा तीनबाट १० प्रतिशत पुर्‍याउने सरकारको योजना रहेको जानकारी दिँदै उनले भ्रमण वर्षका क्रममा स्थपित पर्यटकीय गन्तव्य मात्रै नभई नयाँ पर्यटकीय क्षेत्रको विकास र पहिचान गर्न लागिएको उल्लेख गरे ।

बुद्ध, रामायण, र शिव सर्किटको विषय छलफलको चरणमा रहेको उल्लेख गर्दै उनले यसले दक्षिण एशिया मात्रै नभई जोडिएका अन्य देशसँगसमेत सम्बन्ध विस्तारमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे ।

उनले पर्यटन विकासका लागि अन्तरराष्ट्रिय कनेक्टिभिटी अर्काे महत्वपूर्ण कुरा रहेको बताए । मन्त्री भट्टराईले सांस्कृतिक र ऐतिहासिकस्थललाई एक अर्कासँग जोडेर नयाँ सम्भावनाको खोजी गर्नुपर्ने आवश्यकता औँल्याए ।

लुम्बिनीसँग सम्बन्ध गाँसिएको देवदह, तिलौराकोटलगायत क्षेत्र जोडेर सरकारले ग्रेटर लुम्बिनीको परिकल्पनाअघि बढाएको जानकारी दिँदै उनले तराई क्षेत्रको सांस्कृतिक तथा धार्मिक क्षेत्रलाई पनि एकीकृत रुपमा विकास गर्न सके पर्यटकीय सम्भावना थपिने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ८ : ०४ बजे

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन