महिला हिंसाको कारक– वैदेशिक रोजगारी ! | Khabarhub Khabarhub

महिला हिंसाको कारक– वैदेशिक रोजगारी !


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देश विदेशको रोजगारीका नाममा धेरै महिला पीडित हुने गरेको महिला अधिकार क्षेत्रमा काम गदै आएका अधिकारकर्मीहरुले बताएका छन् ।

वैदेशिक रोजगारी र रोजगारीका खोजीमा रहेको धेरै महिला शोषित भएपनि न्याय नपाउने गरेको उनीहरुले बताए । रोजगारीमा नाममा महिलाको अधिकार हनन भइरहेको विषय प्रति सरकारले गम्भीर भएर काम नगरेको उनीहरुको आरोप छ । जसका कारण रोजगारीका नाममा महिला अधिकार हनन भइरहेको उनीहरुको भनाइ छ ।

रोजगारका नाममा महिला बेचविखन बढीरहेको छ । यसलाई नियन्त्रण गर्न राज्य सक्रिय नदेखिएको पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले बताइन् । उनले भनिन्, ‘वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली दिदीबहिनी खुलेआम बेचविखनमा परिरहेका छन् । यो विषयमा राज्य गम्भीर भएर काम नगर्दा महिला अधिकार हनन भइरहेको छ । वैदेशिक रोजगारीमा जाने क्रममा महिला शरीरिक र आर्थिक शोषणमा परिरहेका छन् ।’ रोजगारीमा नाममा भइरहेको महिला अधिकार हनन रोक्न सरकारले कडा कानून ल्याउनु पर्छ ।’

वैदेशिक रोजगारीमा मात्र होइन आन्तरिक श्रम बजारमा काम गर्ने महिला पनि शोषित र पीडित हुने गरेको महिला बेचविखन विरुद्धको सहकर्मी (एटविन) नेपालकी अध्यक्ष अञ्जना शाक्यले बताइन् ।

‘नेपाली महिला धेरै पीडित छन् । शोषित र पीडित महिला समाजमा बेइज्जत हुने डरले दविएर आवाज उठाउन सकेको छैन । सरकारले युवामैत्री योजना ल्याएपनि कार्यान्वयन नगर्दा रोजगारीको खोजीमा रहेका धेरै महिला बेचविखनमा पर्न गरेका छन् । रोजगारीका नाममा धेरै महिला पीडित हुँदा उनीहरुको अधिकार हनन भइरहेको छ’ उनले भनिन् ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली दिदीबहिनी खुलेआम बेचविखनमा परिरहेका छन् । यो विषयमा राज्य गम्भीर भएर काम नगर्दा महिला अधिकार हनन भइरहेको छ

सरकारले रोजगारीका नाममा महिलामाथि भइरहेको हिंसा रोक्न नसक्दा यसको फाइदा अपराधीलाई भइरहेको उनको बुझाई छ ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर महिला विदेशी भूमिमा लगेर अलपत्र पर्ने क्रम बढ्दो छ ।

रोजगारीका नाममा महिला अधिकार हनन भएको सरकारको नेतृत्वमा बसेर काम गरिरहो व्यक्तिलाई राम्रैसँग थाहा भएको आप्रवासी महिला कामदार समूह (आमकाश)की अध्यक्ष विजया राईले बताइन् । उनले भनिन्, ‘महिला रोजगारीका क्षेत्रमा मात्र होइन अन्य क्षेत्रमा पनि अधिकार सम्पन्न छैनन् । समाजले महिलालाई हेर्न दृष्टि फरक छ । सरकारले महिलालाई अधिकार कानूनमा मात्र होइन व्यवहारमै दिने वातावरण बनाउनु पर्छ ।’

पछिल्लो समय वैदेशिक रोजगारीका नाममा धेरै महिला पीडित छन् । महिला मात्र होइन पुरुष पनि पीडित हुँदै आएका छन् ।

महिलाहरु पुरुषहरु भन्दा श्रोत र साधनको पहुँचमा पछाडि पारिएका र हिंसाका सिकार भएका छन् । जसको कारण कानुन र व्यवहारमा रहेको विभेद हो ।

न त देशमा रोजगारी छ, न त सुरक्षा, न सुरक्षित आप्रवासन छ । महिला हिंसा विरुद्धका र सुरक्षित आप्रवासनका कामहरु अझै पनि ‘संभावित र वास्तविक’ प्रवाभित महिलासम्म पुगेका छैनन् । धेरै सरकारी तथा गैर सरकारी श्रोतहरु पनि बाटोमा नै चुहिन्छन् । थोपाथोपीका रुपमा पुगेका श्रोतहरु पनि ‘रोगको कारणहरुमा भन्दा पनि लक्षणहरुमा’ मात्र काम गर्दा गर्दै सकिन्छन् ।

नेपाली महिला धेरै पीडित छन् । शोषित र पीडित महिला समाजमा बेइज्जत हुने डरले दविएर आवाज उठाउन सकेको छैन । सरकारले युवामैत्री योजना ल्याएपनि कार्यान्वयन नगर्दा रोजगारीको खोजीमा रहेका धेरै महिला बेचविखनमा पर्न गरेका छन्

यसरी सुरु भयो नारी दिवस 

हरेक वर्षको मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आइएकामा सन् १९७२ (वि.सं. २०२९) डिसेम्बर १८ का दिन संयुक्त राष्ट्र संघको साधारण सभाले एक प्रस्ताव पारित गरेर सन् १९७५ (वि.सं.२०३२ साल) लाई अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्ष मनाएर संसारका सबै देशका सबै नारी पुरुषसरह स्वतन्त्र र बन्धनमुक्त मान्यताका साथ उनीहरूमा पनि जागरण पैदा होस् र पुरुषमा पनि महिला स्वतन्त्रता र महिला अधिकार आवश्यक छ भन्ने भावना विकास होस् भन्ने विश्वव्यापी मान्यता हो ।

संयुक्त राष्ट्र सघको निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी गरिएको हो । सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थाले पनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको थिएन ।

फरक–फरक वर्षमा फरक–फरक दिनमा मनाउँदै आएकामा सन् १९१४ देखिमात्र हरेक वर्षको अग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो । नेपालमा भने सन् २००७ देखि आजकै दिनमा मनाउदै आएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ७ : ३० बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज