खेलकुदमन्त्रीले भने- एन्फाको निलम्बन फुकुवाका लागि सरकारले पहल गरिरहेको छ « Khabarhub

खेलकुदमन्त्रीले भने- एन्फाको निलम्बन फुकुवाका लागि सरकारले पहल गरिरहेको छ


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) को निलम्बन फुकुवाका लागि नेपाल सरकारले पहल गरिरहेको बताएका छन् ।  

सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री पोखरेलले फिफाले २४ जुन २०२६ मा एन्फालाई अर्को सूचना नभएसम्म निलम्बन गरेको उल्लेख गर्दै निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको बताएका हुन् । 

निर्देशन पालना नगरी साधारण सभा तथा निर्वाचन प्रक्रिया अगाडि बढाएपछि राखेपले पटक–पटक सचेत गराएको र अटेरीपछि परिषद्को २०८२ चैत ११ गतेको निर्णयअनुसार ऐनको दफा २९ (२) बमोजिम एन्फालाई निलम्बन गरिएको उनले बताए । 

पछि एन्फाबाट परेको निवेदनउपर कारबाही गर्दै २०८३ जेठ १ गते सो निलम्बन फुकुवा गरिएको उनले जानकारी दिए ।

राखेपले राष्ट्रिय खेलकुद विकास ऐन अनुसार दिएको निर्देशनलाई फिफाले ’तेस्रो पक्षको हस्तक्षेप’  ठहर गरेको र यसैका आधारमा फिफाले आफ्नो विधान बमोजिम सूचना नभएसम्मका लागि एन्फालाई निलम्बन गरेको जानकारी गराएको उनले बताए । 

त्यस्तै, मन्त्री पोखरेलले नेपाल–चीन मैत्रीपूर्ण खेलका क्रममा घाइते भई थाइल्याण्डमा उपचाररत आशिष राईलाई राखेपको स्वीकृत बजेटको सीमाभित्र रहेर उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको पनि जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ४ : २२ बजे

राष्ट्रियसभा : ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ पारित

काठमाडौं– राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक’ पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

चितवन– केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा

मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुला गरिने

काठमाडौं– यातायात व्यवस्था विभागले प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दसैँको

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने