‘धार्मिक ग्रन्थमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीबीचको खाडल पुर्नुपर्छ’ « Khabarhub

‘धार्मिक ग्रन्थमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीबीचको खाडल पुर्नुपर्छ’


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले धार्मिक ग्रन्थहरुमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीको अवस्थाका बीचमा विद्यमान खाडल पुर्नुपने बताएका छन् । १०९ औं नारी दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अब चाँडै नै विभेद र कुरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्न अघि बढ्नुपर्ने बताएका छन् ।

ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति, छाउपडीजस्ता कुरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौति दिइरहेका छन् । यसको अन्त्यका लागि सबै जुट्नुपर्छ।’

परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पौराणिक कालदेखि प्रचलित ‘यत्र नार्यस्तु पुज्यते तत्र रमन्ते देवता’ भन्ने लोकोक्तिले नेपाली समाजको विशेषतालाई दर्शाएको बताएका छन् । तर, नारीलाई पूजा गर्दा ईश्वर पनि खुसी हुने विश्वासमा रहेको नेपाली समाजमा आज पनि कतिपय कुरीति चुनौतिका रुपमा रहेकाले ति चुनौती हटाउने अहिलेको कार्यभार रहेको बताएका छन् ।

नारी दिवसले सबै नारीलाई सम्मान गर्ने वातावरण बन्ने अवस्था सिर्जना होस भन्दै प्रधानमन्त्रीले महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा मिलोस भनेका छन् ।

प्रधानमन्त्रीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामा महिलाहरुको प्रतिनिधित्वमा राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा उल्लेख्य रुपमा वृद्धि भएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले सन्देशमा उल्लेख गरेका छन्, ‘मातृ मृत्यु दरमा सुधार, महिलाको कूल साक्षरता दरमा बृद्धि तथा उनीहरुको आर्थिक सशक्तिकरण भइरहेको तथ्याङ्कहरूले देखाएका छन् । पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षणहरू देखिन थालेका छन् । राज्यका विभिन्न अंगहरूमा महिलाहरुको सहभागिता बढ्दै गएको छ ।’

महिला र पुरुषबीच सारभूत समानता कायम गर्न नीतिगत, संस्थागत तथा कार्यक्रमगत प्रयास हँदाहुँदै पनि समाजमा कुनै न कुनै परिमाणमा पितृसतात्मक सोच कायमै रहनु र महिलालाई विकासका सबै चरणहरुमा सारभूत सहभागिता गराउन नसक्नु हामीले परास्त गर्नै पर्ने चुनौती रहेको प्रधानमन्त्रीको भनाई छ ।

‘आज पनि लैंगिक हिंसा तथा गरिबीको प्रभाव महिलाहरुमा बढी परेको देखिन्छ । यस्तो अवस्थामा परिवर्तन गर्नु परेको छ,’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘आधा आकाश र आधा धर्ती ओगट्ने महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म ”समृद्ध नेपाल र सुखी नेपाली” राष्ट्रिय संकल्प साकार हुन सक्दैन । त्यसैले महिला सशक्तिकरणका लागि संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो स्थानबाट नयाँ सोचका साथ नीति योजना र कार्यक्रम तय गरी लागू गर्ने छन् भन्ने कुरामा म विश्वस्त छु ।’

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ८ : ०६ बजे

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर