पाँच वर्षपछि भारत र चीनबीच उडान सुरु « Khabarhub

पाँच वर्षपछि भारत र चीनबीच उडान सुरु


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वका दुई सबैभन्दा बढी जनसंख्या भएका छिमेकी देशहरू भारत र चीन अहिले पनि रणनीतिक प्रतिद्वन्द्वी हुन्। यी दुई देशबीच एसियामा प्रभावका लागि प्रतिस्पर्धा गरिरहेका छन्। तर, सन् २०२० मा हिमालयन सीमामा भएको हिंसात्मक झडपपछि बिग्रिएको सम्बन्धमा विस्तारै नरमी आएको छ।

यसैअन्तर्गत आइतबारदेखि दुवै देशबीच सिधा विमान सेवाहरू सुरु भएका छन्। भारत सरकारले उडानहरूको पुनर्स्थापनाले मानिसहरूका बीचको सम्पर्क बढाउने र द्विपक्षीय आदानप्रदानको सामान्यीकरण गर्नमा मद्दत गर्ने बताएको छ।

चीनसँगको सम्बन्धमा यो न्यानोपन यस्तो समयमा आएको छ जब भारतका प्रमुख व्यापारिक साझेदार अमेरिकासँगको सम्बन्धका कारण तनावमा छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारतमाथि ५० प्रतिशत दण्डात्मक ट्यारिफ लगाउने आदेश दिएका थिए। ट्रम्पका सहयोगीहरूले भारतमाथि रूसबाट तेल किनेर युक्रेनमा चलिरहेको युद्धलाई बढावा दिएको आरोप लगाएका छन्।

भारतको कमर्सियल एयरलाइन इन्डिगोले आइतबार राति १० बजे कोलकाताबाट चीनको सहर ग्वाङ्झाउका लागि पहिलो दैनिक उडान सुरु गर्नेछ। भारत र हङकङबीच पहिलेदेखि नियमित उडानहरू चलिरहेका छन्। यसबाहेक, राजधानी नयाँ दिल्लीबाट सांघाई र ग्वाङ्झाउका लागि सिधा सेवाहरू नोभेम्बरमा सुरु गरिने बताइएको छ।

भारतीय चेम्बर अफ कमर्स, कोलकाताका अध्यक्ष राजीव सिंहले एएफपीलाई भने, ‘सिधा हवाई सम्पर्कले लजिस्टिक्स र ट्रान्जिट समयलाई कम गर्नेछ। यसबाट व्यापारीहरूलाई धेरै फाइदा हुनेछ।’

भारतको पूर्वी बन्दरगाह सहर कोलकाताको चीनसँग ऐतिहासिक सम्बन्ध ब्रिटिस शासनकालदेखि नै रहेको छ, जब चिनियाँ व्यापारीहरू यहाँ आएर बसेका थिए। यी आप्रवासीहरूको उपस्थितिले सहरको संस्कृति र खानपानमा गहिरो छाप छोडेको छ। आज पनि इन्डो–चाइनीज भोजन कोलकाताको पहिचानको एक अभिन्न हिस्सा हो।

कोलकाताको टांगरा इलाकास्थित चाइनाटाउन समुदायका नेता चेन खोय कुईले भने, ‘हामी जस्ता मानिसहरूका लागि यो धेरै राम्रो खबर हो, जसका नातेदारहरू चीनमा बस्छन्। हवाई सम्पर्कले व्यापार, पर्यटन र व्यावसायिक यात्रालाई बढावा दिनेछ।’

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ९ : ४७ बजे

मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ

झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य