सरकारले वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त नगर्ने « Khabarhub

सरकारले वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त नगर्ने


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कार्यकारी अध्यक्ष नियुक्त नगर्ने भएको छ। निगमको वरिष्ठ अधिकारीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने तयारी सरकारको छ।

‘निगमको कार्यकारी अध्यक्षमा नयाँ कोही नियुक्त हुँदैन। भएकामध्येकै वरिष्ठले जिम्मेवारी पाउँछन्’ प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले भने।

वर्तमान मन्त्रिपरिषद्मा प्रधानमन्त्री कार्कीले नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी लिएकी छन्। २०७८ कात्तिक ८ गतेको मन्त्रिपरिषदले युवराज अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो।

उनको कार्यकाल सकिँदैछ। उनी कात्तिक ४ गतेदेखि नै विदामा बसिसकेका छन्। हाल निगममा दुई जना डेपुटी म्यानेजिङ डाइरेक्टर छन् प्राविधिक तर्फ डोलेश्वर कोइराला र प्रशासनतर्फ जनकराज कालाखेती। अधिकारीले डोलेश्वर कोइरालालाई कामु कार्यकारी अध्यक्षको जिम्मेवारी दिएर बिदामा बसेका छन्।

पदीय मर्यादा विपरीतका गतिविधि गरेको, मिलेमतोमा निगमका जहाजको इन्जिन मर्मतका लागि ठेक्का दिएको र करोडौं रुपैयाँ नोक्सान पुर्याएको भन्दै अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ९ : २८ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका