सरकार र सीके राउतबीच ११ बुँदे सम्झौता, सभागृहबाट घोषणा « Khabarhub

सरकार र सीके राउतबीच ११ बुँदे सम्झौता, सभागृहबाट घोषणा


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रिय सभामा आयोजित कार्यक्रममा गृहमन्त्री बादल र राउतले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

यसअघि गृहमन्त्री बादल र राउतबीच ११ बुँदे समझदारी भएकोमा ‘सहमति कार्यान्वयन हुने’ अर्को बुँदा समावेश गरेर राष्ट्रिय सभामा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा स्वतन्त्र मधेस गठवन्धनले पृथकतावादी गतिविधि परित्याग गरी मुलधारको राजनीतिमा सहभागिता जनाउने उल्लेख छ ।

यस्तै स्वतन्त्र मधेस गठवन्धनका नेता–कार्यकर्तामाथि लगाइएका सबै राजनीतिक मुद्दा फिर्ता गरी प्रहरी हिरासत र थुनामा रहेका सबै कार्यकर्तालाई बिनाशर्त रिहा गर्ने सम्झौता पनि भएको छ ।

स्वतन्त्र मधेस गठवन्धनले पृथकतावादी गतिविधिको प्रचारका लागि प्रचारण्मा ल्याएका किताव, पर्चा, पम्पलेट तथा अनलाईन सामग्री बन्द गर्ने पनि सम्झौता पत्रमा उल्लेख छ । यस्तै स्वतन्त्र मधेस गठवन्धनले यस अघि तयार पारेका यस्ता पर्चा र पम्पलेटको आधारमा सरकारले मुद्दा नचलाउने पनि सम्झौतापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  २ : ०७ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको