‘क्याप्टेन मार्भल’ नेपालमा रिलिज भएन, फ्यान दु:खी « Khabarhub

‘क्याप्टेन मार्भल’ नेपालमा रिलिज भएन, फ्यान दु:खी


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बहुप्रतीक्षित हलिउड फिल्म ‘क्याप्टेन मार्भल’ मार्च ८ अर्थात् आज शुक्रबारबाट नेपालमा समेत रिलिज हुने भनिएको थियो । फिल्म चल्ने भनेर महिनौँदेखि प्रचारप्रसार समेत गरिएको थियो ।

तर, अन्तिम समयमा आएर नेपालका फिल्म हलमा ‘क्याप्टेन मार्भल’ रिलिज नहुँदा फ्यानहरु दुःखी भएका छन् ।

सामाजिक सञ्जाल फेसबूक तथा ट्वीटरमा फ्यानहरुले समयमा फिल्म हेर्न नपाएको गुनासो गरेका छन् भने ट्वीटर तथा ब्लगको सहायता लिएर नेपालमा यो फिल्म रिलिज हुनुपर्ने माग राखेका छन् । नेपाली दर्शकमाझ मार्भल स्टुडियोका दुई फिल्म ‘क्याप्टेन मार्भल’ र ‘एभेन्जरः इन्ड गेम’ को निकै लामो समयदेखि प्रतीक्षा थियो ।

नेपालमा वितरणको जिम्मा लिएको गोपीकृष्ण मुभिजले भने यसबारेमा कुनै जानकारी दिएको छैन ।

नेपालका सिनेमा हलमा आज शुक्रबारदेखि चलचित्र ‘खाग’ र बलिउड फिल्म ‘बदला’ रिलिज गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ३ : ४६ बजे

बङ्गलादेश : जोखिमयुक्त मतदान केन्द्रमा कडा सुरक्षा

एजेन्सी– बङ्गलादेशका प्रहरी प्रमुखले यस हप्ताको आम निर्वाचनका क्रममा एक

आर्थिक सुधारको नयाँ चरणमा नेकपाको जोड, संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि ‘आर्थिक

पुटिनसँगको वार्तामा युरोपेली दृष्टिकोण आवश्यक : म्याक्रोन

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमाथि रुसको आक्रमण सुरु भएको

निर्वाचनका लागि नेकपाद्वारा संक्षिप्त ‘प्रतिबद्धता पत्र’ सार्वजनिक 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड

अमेरिकी अनुसन्धानमा अडानीको सहयोग

एजेन्सी– भारतको अडानी इन्टरप्राइजेजले इरानी तेलजन्य उत्पादन आयात गरेको आरोपसम्बन्धी