ऐतिहासिक परिवर्तनमा महिलाको भूमिका अतुलनीयः उपराष्ट्रपति | Khabarhub Khabarhub

ऐतिहासिक परिवर्तनमा महिलाको भूमिका अतुलनीयः उपराष्ट्रपति


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो अधिकार प्राप्तिका लागि महिलाहरु दृढ लाग्नुपर्ने बताएका छन् । राजनीतिक परिवर्तनमा महिलाको सहभगिता एवं भूमिका अत्यन्त उच्च र गौरवपूर्ण रहेको भएपनि अधिकार कार्यान्वयनमा भने चुनौती रहेको बताए ।

एक सय नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल महिला चेम्बरद्वारा आयोजित कार्यक्रममा उनले ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका रहेको बताए । उनले सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाले आज राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको उल्लेख गरे ।

उपराष्ट्रपति पुनले संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायत अधिकार सुनिश्चित गरेको बताए । नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा महिलाको पहुँचलाई अझै विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

नेपालको समृद्धिका लागि महिला दिदी–बहिनी समृद्ध बन्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले महिला राजनीतिक, सामाजिक तथा आर्थिकरुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव नहुने उल्लेख गरे ।

कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले देशको राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा महिला सहभागिता उल्लेखनीय हुँदै गएकामा खुशी व्यक्त गर्दै महिलालाई थप जिम्मेवारी दिन कुनै कन्जुस्याइँ गर्न नहुने धारणा राखिन् ।

कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालको पहिलो महिला ट्याम्पु चालक लक्ष्मी शर्मालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेका थिए । त्यस्तै महिला सशक्तीकरण, उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला व्यक्तित्व विधाता श्रेष्ठ, कृष्णकुमारी पौड्याल, मीरा भट्टराई, शिवकुमारी डङ्गोल, सुलोचना श्रेष्ठ, मञ्जु मिश्र, अनुपमा खुन्जेली र लाक्पा फुटी शेर्पालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ९ : ४६ बजे

स्वास्थ्यमन्त्री शर्माको नेतृत्वमा पहिलो बैठक सम्पन्न, मुख्य तिन विषयमा निर्णय 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमको उपस्थितिमा सम्पन्न

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या

काठमाडौं– वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपीआइएमएस)मा समस्या आएपछि

सरकारी सुरक्षाबिना केन्द्रीय कमिटी बैठकमा पुगे माधव नेपाल (तस्बिरहरू)

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक

तस्बिरमा हेर्नुहोस् सुन्दर महेन्द्र गुफा

काठमाडौं– विंसं २०१६ अघिसम्म अँधेरी भुवन भनेर चिनिने गुफा हो

विचार नमिल्नेलाई सञ्जालमा किन काढिन्छ उछितो ?

सामाजिक सञ्जाल विचार राख्ने ‘प्लाटफर्म’ हो । जहाँ तर्क, आलोचना