एकीकरण प्रक्रिया: शीर्ष नेतालाई एक्लाएक्लै मनाउने प्रयासमा ओली–प्रचण्ड « Khabarhub

एकीकरण प्रक्रिया: शीर्ष नेतालाई एक्लाएक्लै मनाउने प्रयासमा ओली–प्रचण्ड


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्मचारी समायोजनको विरोधमा चिकित्सकले गरेको आन्दोलनका कारण सरकारी अस्पतालका आपत्कालीनबाहेक सवै सेवा बन्द छन् ।

अस्पतालको ओपीडी मात्र होइन, महिनौं अघि तय भएका अप्रेसन पनि रोकिएको आजको नयाँ पत्रिकामा समाचार छ । दिनमा ४५ हजार बिरामी आउने दशभरका सरकारी अस्पतालको बहिरंग सेवा तीन दिनदेखि अवरुद्ध रहेको छ ।

कर्मचारी समायोजनले ल्याएको चिकित्सा क्षेत्रका यी समस्याका विषयमा प्रधानमन्त्रीले मुख खोलेका छैनन्, स्वास्थ्य मन्त्रीले ने यो विषय आफूलाई जानकारी नभएको बताएका छन् ।

यता सरकारी चिकित्सक संघका अध्यक्ष दीपेन्द्र पाण्डले भने चिकित्सकलाई संघअन्तर्गत राख्ने निश्चित नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

बजेट खर्च गर्ने प्रणाली, विधि र क्षमता कमजोर भएको डा. युवाराज खतिवडाले बताएका छन् । नयाँ पत्रिकाको अर्को समाचार अनुसार दुई तिहाई बहुमतको सरकारले बनाएको पहिलो संघीय बजेट कार्यान्वयनमा विगतका कमजारी सुधार हुने  अपेक्षा कायमै रहे चालू आर्थिक वर्षको नौ महिना बित्नै लाग्दा बजेट खर्च ४५ प्रतिशतमात्र भएको उल्लेख छ ।

त्यस्तै पत्रिकाले ‘शीर्ष नेतालाई एक्लाएक्लै मनाउने प्रयासमा ओली–प्रचण्ड’ शीर्षकमा अर्को समाचार छापेको छ । एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेट शुरु गरेका छन् ।

आज छलफलका लागि माधवकुमार नेपाल र ईश्वर पोखरेललाई बोलाइएको समाचारमा उल्लेख छ । आइतबार सचिवालय सदस्य वामदेव गौतमसँग छलफल गरेका थिए ।

 

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ६ : ०४ बजे

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई

बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको

ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन 

ललितपुर– ललितपुर महानगरपालिकामा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालनमा आएको छ।

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव