सावधान ! पानीमा कोलिफम, ३३ उद्योगको पानी परीक्षण गर्दा ९ वटामा जीवाणु « Khabarhub

सावधान ! पानीमा कोलिफम, ३३ उद्योगको पानी परीक्षण गर्दा ९ वटामा जीवाणु


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–शुद्ध प्रशोधित भन्दै विभिन्न ब्रान्ड दिएर बिक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्रान्ड दिएर बिक्री गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा यस्तो पाइएको गोरखापत्र दैनिकमा खबर छ ।

विभागले चालू आर्थिक वर्षको पहिलो ८ महिनामा विभाग र मातहतका कार्यालयमा आएका उजुरीका आधारमा विभिन्न ९वटा उद्योगले बिक्री गर्ने पानीको नमूना संकलन गरी गुणस्तर परीक्षण गर्दा कोलिफर्मको जीवाणु पाइएको हो ।

पछिल्लो ८ महिनामा विभागले ३३ वटा पानी उद्योगको नमुना संकलन गरी परीक्षण गरेको थियो । तीमध्ये नौवटा उद्योगले बिक्री गर्ने पानीमा कोलिफर्म भेटिएको छ भने, १८ वटा पानी उद्योगले दूषित गुणस्तरहीन पानी वितरण गरेको पाइएको छ । बाँकी ६ उद्योग मापदण्डविपरीत र ऐन नियमविपरीत सञ्चालनमा रहेको पाइएको छ ।

त्यस्तै पत्रिकाले बजेटमा समावेश गर्नुपर्ने विकास योजनाबारे सुझाव दिन सांसदहरु आआफ्नो क्षेत्रमा गएको, भ्रष्टाचारविरुद्ध सरकार आक्रमक हुने प्रधानमन्त्रीले बताएको लगायतका समाचारलाई पत्रिकाले प्राथमिकताका साथ छापेको छ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ६ : ५८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा