दयाहाङको ‘दयारानी’ हङकङमा प्रदर्शन गरिने « Khabarhub

दयाहाङको ‘दयारानी’ हङकङमा प्रदर्शन गरिने


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दयाहाङ राई अभिनित फिल्म ‘दयारानी’ हङकङमा प्रदर्शन गरिने भएको छ । नेपालका दुर्गम क्षेत्रका गरीब, असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी शो गर्न लागिएको हो ।

नेपालमा जेठ १० गतेदेखि रिलिज हुने यो फिल्म हङकङमा भने ३० जुन अर्थात् असार १५ मा च्यारिटी शो गरिनेछ ।

निर्माण टिमले ‘शो’बाट उठेको पूरै रकम गरीब, जेहेन्दार तथा असहाय विद्यार्थीको शिक्षामा खर्च गर्न भएकाले फिल्म हेरेर सहयोग गर्न आग्रह समेत गरेको छ । फिल्म हेर्न जोर्डनबाट आउने दर्शकका लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको बताइएको छ ।

माओत्से गुरुङ फिल्मसको ब्यानरमा बनेको यो फिल्ममा दयाहाङ राई र दिया पुनको शीर्ष भूमिका छ भने विजय बराल, प्रमिश गुरुङ, श्रीषा कुँवर, पुष्कर गुरुङ लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

फिल्ममा राजन पुवाँरको सप्पादन र विक्रम स्वाँरको कोरियोग्राफी देख्न सकिनेछ भने शैलेन्द्र डी कार्कीले फिल्मको छायांकन छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यु इट भेन्चरले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा माओत्से गुरुङको लेखन तथा निर्देशन छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  १ : ०९ बजे

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने