इरानको सैन्य दस्ता अमेरिकी आतंककारी समूहको सूचीमा « Khabarhub

इरानको सैन्य दस्ता अमेरिकी आतंककारी समूहको सूचीमा


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाले इरानको इस्लामिक रिभलुसनरी गार्ड क्रप्स (आईआरजीसी)लाई अन्तर्राष्ट्रिय आतंककारी समूहको सूचीमा राखेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विज्ञप्ति जारी गर्दै आईआरजीसीसहित यसको कुद्स फोर्स नामक सैन्य दस्तालाई आतंककारी समूहको सूचीमा सूचीकृत गर्ने घोषणा गरेका हुन् ।

विज्ञप्तिमा इरान आतंकवादलाई प्रायोजन गर्ने मुलुकमात्र नभई इरानको सैन्य दस्ता आईआरजीसीले आर्थिक तथा अन्य रुपमा आतंकवादलाई सक्रिय रुपमा प्रोत्साहन गर्दै आइरहेको समेत उल्लेख छ । त्यसबाहेक आईआरजीसी इरानको आतंकवादलाई बढाउने अभियानमा आईआरजीसीले सक्रिय सहभागिता रहँदै आएको जनाइएको छ ।

अमेरिकाले कुनै अर्को मुलुकको सरकारी अंगलाई आतंककारी समूहको रुपमा सूचीकृत गरेको यो पहिलो पटक हो ।
आफ्नो प्रशासनको पछिल्लो कदमले इरानी सरकारको गतिविधि अन्य मुलुकका सरकारका गतिविधिभन्दा फरक रहेको स्पष्ट भएको विज्ञप्तिमा जनाइएको छ ।

यसले इरान सरकारलाई तीब्र रुपमा दबाब दिने भन्दै जो कोहीलाई पनि आईआरजीसीसँग कुनै प्रकारको कारोबार वा सहकार्य नगर्न समेत चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  १० : ०५ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा