मुम्बई इन्डियन्स आईपीएलको फाइनलमा « Khabarhub

मुम्बई इन्डियन्स आईपीएलको फाइनलमा


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चेन्नेई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग आईपीएलको फाइनल प्रवेश गरेको छ । मंगलबार रातिको खेलमा चेन्नेईलाई पराजित गरेपछि मुम्बईले फाइलमा स्थान तयार पारेको हो ।

१ सय ३२ रनको लक्ष्य लिएर मैदान उत्रिएको मुम्बईले ९ बल बाँकी छँदै मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । मुम्बईका लागि ओपनर रोहित शर्मा ४ र क्विनटन डी कक ८ रनमा पोविलियन फर्किए । तर, सुर्यकुमार यादवले मुम्बईको पारी सम्हाले ।

सुर्यकुमारले नटआउट ७१ रनको अर्धसतकीय पारी खेले । त्यस्तै इशान्त किसनले २८ रन बनाए । हार्दिक पाण्डेया शुन्य रनमा आउट भएका थिए । चेन्नेइका इमरान ताहिरले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ३१ रनमात्र बनाएको थियो । चेन्नेईका लागि अम्बातु रायडुले ४२ रन जोडे । त्यस्तै कप्तान महेन्द्र सिंह धोनी ३७ रन जोडे । नटआउट रहेका रायडु र धोनीले ६६ रनको साझेदारी गरेका थिए ।

चेन्नेईका ओपनर फाफ डु प्लेसिस ६ रनमा आउट हुदाँ सेन वाटसन १० रनमा पोविलियन फर्किएका थिए । त्यस्तै सुरेश रैनाले ५ रन जोड्दा, मुरली विजयी २६ रनमा आउट भएक ।

मुम्बईका राहुल चाचरले २ तथा कुर्नाल पाण्डेया र जयन्त यादवले समान एक विकेट लिए ।

चेन्नेईले दोस्रो ईलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको बिजेतासंग खेल्नेछ । पहिलो ईलिमिनेटर राउण्डमा आज (बुधबार) दिल्ली र हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ६ : ४० बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक