व्यापार घाटा १० खर्ब, सरकारी जग्गामा भूमाफियाको रजगज | Khabarhub Khabarhub

व्यापार घाटा १० खर्ब, सरकारी जग्गामा भूमाफियाको रजगज


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-यस आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत) मा व्यापार घाटा ९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ। आयात उच्च दर वृद्धिको तुलनामा निर्यात सुस्त हुँदा व्यापार घाटा चुलिएको हो। अघिल्लो आर्थिक वर्षको ९ महिना अवधिसँग तुलना गर्दा २२ प्रतिशतले व्यापार घाटा बढेको भन्सार विभागले जनाएको छ। चैतको वैदेशिक व्यापार घाटा एक खर्ब ३ अर्ब रुपैयाँ रहेको अन्नपूर्ण पोस्टमा खबर छ।

अहिलेकै दरमा व्यापार घाटा वृद्धि भए यो आर्थिक वर्षको अन्त्यसम्म १४ खर्ब ३० अर्ब व्यापार घाटा हुने अनुमान छ। यो आकार चालु आर्थिक वर्षको बजेटभन्दा ठूलो हो। सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामा गरिएको संशोधित अनुमानअनुसार ११ खर्ब ९९ अर्ब रुपैयाँ खर्च हुनेछ।

सरकारले विलासी वस्तु तथा गुणस्तरहीन वस्तुको आयात निरुत्साहित गर्ने भने पनि आयातमा आधारित राजस्व नीतिका कारण कडाइ गर्न सकेको छैन। सवारीसाधनमा २२९ प्रतिशत हाराहारीमा कर र बैंकले दिने ऋणमा पनि मूल्यको ५० प्रतिशत मात्र ऋण दिन पाइने व्यवस्थाले पनि सवारीसाधन आयात निरुत्साहित गरेको छैन।

नेपाल राष्ट्र बैंकले दुई वर्षअघि गरेको अध्ययनमा सरकारले गर्ने खर्चको ७१ प्रतिशत आयातका लागि बाहिरिने गरेको थियो। विकास खर्चतर्फको रकम भने मूल्य अभिवृद्धिमा उपयोग हुन्छ। संघीय संरचनाअनुसार तीन तहको सरकार गठनसँगै तल्लो तहका सरकारमा सवारीसाधन खरिद फेसन बनेको छ।

नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक नरबहादुर थापा पुँजी निर्माण गर्ने प्लान्ट, मेसिनरी प्रविधि, हवाईजहाजजस्ता आयातले अर्थतन्त्रको उत्पादनशील क्षमता वृद्धि गर्ने बताउँछन्। ‘तर उपभोग्य वस्तु आयातबाट व्यापार घाटा चुलिँदा त्यसले विदेशी मुद्रा सञ्चितिमा चाप पर्नुका साथै शोधनान्तर थप ऋणात्मक भई बाह्य क्षेत्र स्थायित्वमा दबाब सिर्जना हुन्छ,’ उनले भने, ‘बैंक–वित्तीय संस्थामा तरलतामा दबाब हुन्छ।’

सरकारी जग्गामा भूमाफियाको रजगज शीर्षकको समाचारमा पत्रिकाले सरकारी स्वामित्वको जग्गा किर्ते गरी पास, संगठित गिरोहका १९ पक्राउ १२ फरार रहेको उल्लेख गरेको छ । बाँके र बर्दियामा ‘संगठित भूमाफिया गिरोह’ले मालपोतका कागजात किर्ते गरी सरकारी जग्गा नामसारी गरेको रहस्य खुलेको छ। मालपोत कार्यालयका कर्मचारीसँग ‘सेटिङ’ गरी सरकारी स्वामित्वको जग्गा किर्ते कागज बनाएर आफन्तका नाममा पास गरेको फेला परेको हो।

प्रहरी अनुसन्धानले बर्दियामा ६ बिघाभन्दा बढी र बाँकेमा ११ कठ्ठाभन्दा बढी जग्गा किर्ते गरी पास गरेको फेला पारेको छ। एक जनाको अपहरणपछि हत्या भएपछि यसबारे रहस्य बाहिर आएको हो।

२१ माघ २०७५ मा भारतको बहराइच थाना मोतीपुर घर भई नेपालगन्ज–१६ जयसपुरमा डेरा गरी बस्ने जुनेद अन्सारी अपहरणमा परे। अपहरणको भोलिपल्ट भारतको उत्तरप्रदेशमा पर्नेमा नबाबगन्जमा जलाएर उनको हत्या भयो। २३ माघमा मृतककी पत्नी गौरी मल्ल अन्सारीले नेपालगन्ज उपमहानगर–३ बस्ने खैरुल भन्ने कौशल अन्सारीले पतिको अपहरण गरी हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्। प्रहरीले हत्याबारे अनुसन्धान गर्दा भूमाफियाको रहस्य खुलेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता टीकाबहादुर कार्कीले बताए।

मालपोत कर्मचारीसँग सेटिङमा जुबेर र खैरुल मिलेर मालपोत कार्यालयका किर्ते कागज बनाई सरकारी जग्गा आफन्तको नाममा पास गरेको भेटिएको छ। जग्गाको कागजात जुबेरले राख्ने गरेका थिए। कागजका विषयमा विवाद हुँदा खैरुलसहित ५ जनाले जुबेरको हत्या गरेको प्रहरीको अभियोग पत्रमा उल्लेख छ। ३ वर्षदेखि किर्ते काम भइरहेको अभियुक्तले प्रहरी र अदालतमा दिएको बयानमा उल्लेख छ।

त्यस्तै पत्रिकाले ओलीको बोलीले हंगामा, वंशज नागरिकता बाँड्न पूर्ण बन्देजलगायत शीर्षकका समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ६ : ५९ बजे

सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी

एजेन्सी– रूसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको

पोखरामा रोकिएन डेङ्गी सङ्क्रमण, एकमहिनामा छ गुणाले वृद्धि

गण्डकी– कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेङ्गी सङ्क्रमण

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब

गिल र पन्तको शतकमा बङ्गलादेशलाई ५१५ रनको लक्ष्य

काठमाडौं- भारतले बङ्गलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य