शौचालयसहितको पक्की घर पाउँदै बर्दिबासका सुकुम्वासी « Khabarhub

शौचालयसहितको पक्की घर पाउँदै बर्दिबासका सुकुम्वासी


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बर्दिवास– वर्षौंदेखि भूमिहीन रहेका महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका गरिब जनता अब पक्की घरमा बस्न पाउने भएका छन् । नगर क्षेत्रभित्रका सुकुम्वासी  नागरिकका लागि नगरपालिकाले पक्की घर निर्माणको काम थालेपछि यहाँका गरिबले अब पक्की घरमा बस्न पाउने भएका हुन् ।

जनता आवास कार्यक्रमअन्तर्गत बुधबार बर्दिवास–१३ विजलपुराको मुसहरीटोलबाट पक्की घर निर्माण काम थालिएको हो । यस कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०७५/७६ भित्र ३६ घर निर्माण गरिने नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए ।

नगरपालिकाले पहिलो चरणमा वडा नं. ६, ८ र १२ मा पक्की घर बनाउने काम थालेको छ । वडा कार्यालयले सिफारिस गरेका सुकुुम्वासी, भूमिहीन र गरीबका लागि पक्कीघर निर्माणको काम थालिएको प्रमुख कार्कीको भनाइ छ ।

अव्यवस्थित बस्ती, भूमिहीन, घर नभएका र पराले झुप्रोमा गुजारा गर्दै आएका गरीबलाई यस कार्यक्रममा छनोट गरिएको छ । पहिलो प्राथमिकतामा मुसहरका लागि घर निर्माण हुने नगरपालिका कार्यालयले जनाएको छ ।

निमार्ण हुने घरको नमूना शहरी विकास मन्त्रालयबाट सिफारिस भएअनुसार भूकम्प प्रतिरोधी हुने नगरपालिकाका प्रमुख इञ्जिनीयर टेकबहादुर कटुवालले जानकारी दिए ।

४ कोठे यी घरमा शौचालय, सडक, विद्युत् र खानेपानीको सुविधासमेत रहने कटुवालको भनाइ छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत तराई–मधेश समृिद्ध कार्यक्रम र नगरपालिकाको संयुक्त बजेटमा करीब रु तीन करोडको लागतमा पहिलोचरणका ३६ घरको काम थालिएको हो ।

एक तले भूकम्पप्रतिरोधी घर निमार्ण गर्न एक घरमा रु सात लाख ५० हजार लाग्ने प्रमुख इञ्जिनीयर कटुवालले जानकारी दिए ।

यसबाहेक नगरपालिकाले फुसका घरको छानो फेर्ने कार्यक्रमसमेत अघि सारेको छ । गरीब विपन्न जनताको घरमा खर, परालले छाएको घरलाई स्तरोन्नति गरिने नगरप्रमुख कार्कीको भनाइ छ ।

यसका लागि एक घरमा रु ५० हजार बजेट छुट्याइएको छ । पहिलोचरणमा यस कार्यक्रममा ८० वटा घरको छानो फेरिने नगरपालिका कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १ : ०२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन