विदेश जाने युवाबाट वार्षिक ३ अर्ब बढी ठगी | Khabarhub Khabarhub

विदेश जाने युवाबाट वार्षिक ३ अर्ब बढी ठगी


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या लाखौंको संख्यामा छ । अहिलेसम्म करीब ५० लाख नेपाली वैदेशिक मुलुकमा पुगेका छन् ।

वैदेशीक श्रमका लागि विदेशी भूमिमा जाने धेरै नेपाली ठगिने गरेका छन् । उनीहरु विदेश पठाउने म्यानपावर कम्पनी र उनीहरुका प्रतिनिधि(एजेन्ट) बाट ठगिने गरेका छन् ।

विगत ४ वर्षको अवधिमा रोजगारीको खोजीमा रहेका ८ हजार कामदारसँग म्यानपावर कम्पनी र तिनका एजेन्टले ३ अर्बभन्दा धेरै रकम ठगेको विगो दावीसहितका उजुरी वैदेशिक रोजगार विभागमा दर्ता भएको छ ।

४ वर्षको अवधिमा ८ हजार ८४ जना युवासँग म्यानपावर तथा एजेन्टले संस्थागत र व्यक्तिगत गरी ३ अर्ब २९ करोड ९४ लाख ४७ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको वैदेशिक रोजगार विभागको मुद्दा शाखाले जनाएको छ ।

सो अवधिमा विभागले पीडितहरुलाई करिब ७० करोड रुपैयाँ क्षतिपूर्ति भराउन सफल भएको विभागको तंथ्याकमा उल्लेख गरिएको छ । विगत ४ वर्षमा २ हजार ३ सय ८६ वटा उजुरी फरफराक गरी उक्त विगो पीडित समक्ष भराएको विभागले जनाएको छ । हाल पनि ५ हजारभन्दा धेरै रोजगार पीडितका मुद्दा विचाराधीन अवस्थामा रहेको विभागको तथ्यांक छ ।

व्यक्तिगत र संस्थागत रुपमा म्यानपावर तथा एजेन्टले ठगेको भन्दै रोजगारी पीडितले आर्थिक वर्ष २०७२/७३ मा २ हजार १ सय ७२ वटा उजुरी विभागमा दर्ता गराएका थिए । जसमा ५ सय २० वटा उजुरी मात्र फरफरा भएको विभागले जनाएको छ । यो आर्थिक वर्षमा रोजगार पीडितले ६९ करोड ५० लाख ९६ हजार ५ सय विगो दावी गरेपनि विभागले १० करोड ३६ लाख ७८ हजार ८५ रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराएको विभागले जनाएको छ ।

यसैगरि आर्थिक वर्ष २०७३/७४ मा २ हजार ३ सय ८३ वटा मुद्दा रोजगार पीडितले आफू रोजगारीका नाममा ठगिएको भन्दै विभागमा उजुरी दर्ता गराएका थिए । जसमा ८ सय ८७ वटा उजुरी फरफराक भएका थिए । ७५ करोड ७८ लाख ४१ हजार ८ सय विगो दावीसहित पीडितले उजुरी दर्ता गराएपनि १५ करोड ९४ लाख १७ हजार ८ सय ८ रुपैयाँ विगो क्षतिपूर्ति पीडितलाई भराएको विभागको तथ्यांकमा उल्लखे गरिएको छ ।

यस्तै, आर्थिक २०७४/७५ मा २ हजार १ सय २९ वटा ठगीका उजुरी विभागमा परेका थिए । जसमा १ हजार २८ वटा मुद्दा फरफराक गरेको विभागले जानकारी दिएको छ । यो आर्थिक वर्षमा १ अर्ब ५२ करोड २० लाख ७१ हजार २ सय ५५ रुपँयौ विगोदावी पीडितले गरेका थिए । जसमा २० करोड १९ लाख ९४ हजार ८ सय रुपैयाँ विगो पीडितलाई क्षतिपूर्ति विभाग सफल भएको थियो ।

चालू आर्थिक वर्षको ९ महिनामा व्यक्तिगत र संस्थागत गरी १ हजार ४ सय ९० जना श्रमिकबाट ५५ करोड ५४ लाख ८८ हजार ६ सय ७३ रकम ठगी भएको विभागको तथ्यांक छ । यो अवधिमा ३० करोडभन्दा धेरै क्षतिपूर्ति भराइसकेको विभागले जानकारी दिएको छ । विभागले अझपनि १ अर्ब ७० करोडको मुद्दा किनारा लगाउन बाँकी रहेका पाइन्छ ।

सरकारले २०७२ सालदेखि खाडीका देश र मलेसिया जाने नेपाली कामदारका हकमा फ्रि भिसा फ्रि टिकट लागू गरेको थियो । तर, ती देश जाने कामदारले फ्रि भिसा र फ्रि टिकटको लाभ लिन सकेका छैन ।

सरकारले वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेको विकृति, ठगी र अन्य गतिविधि रोक्न प्रयास गरिरहेको विभागका महानिर्देशक भिष्मकुमार भुषालले बताए ।

वैदेशिक रोजगारीको खोजीमा रहेका तथा काम गर्न विदेश पुगेका धेरै नेपाली युवा पीडित हुने गरेको महानिर्देशक भुषालको भनाइ छ । ‘वैदेशिक रोजगारी क्षेत्रका मुख्य समस्या पहिचान गरेर आगामी दिनमा समाधानका लागि प्रयास गरिने छ’ भुसालले भने,‘विभागले वैदेशिक रोजगार ऐन २०६४ परिवर्तन गरी म्यानपावर व्यवसायीलाई र समग्र यो क्षेत्रलाई व्यवस्थित गर्ने गरी काम गरिरहेको छ ।’

अब रोजगारीका नाममा हुने सवै किसिमका आपराधिक क्रियाकलाप अन्य गरी यो क्षेत्रलाई व्यवस्थित गर्ने योजनाका साथ काम भइरहेको उनले बताए ।

वैदेशिक रोजगारीका नाममा भइरहेको आर्थिक ठगी नियन्त्रण गर्ने अन्य सम्बन्धित निकायसँग छलफल भइरहेको महानिर्देशक भुषालले जानकारी दिए।

सरकारले आर्थिक वर्ष २०७५/७६ देखि वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारको मुद्दाको प्रकृति हेरी एकै दिनमा सनुवाइ गर्दै आएको छ ।

वर्र्षमा ३ अर्बभन्दा धेरै ठगी

वैदेशिक रोजगारी क्षेत्रमा म्यानपावर कप्पनीले अप्रत्यक्ष रुपमा वार्षिक ३ अर्ब भन्दा धेरै रकम ठगी गदै आएका छन् । नेपालमा श्रम स्वीकृति लिएर वार्षिक साढे ६ लाख युवा विभिन्न देश रोजगारीका लागि जाने गरेको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ । दक्षिण कोरिया बाहेकका देश वैदेशिक रोजगारीमा कामदार म्यानपावर कम्पनीले नै पठाउदै आएका छन् । कोरिया जाने कामदार सरकारी प्रक्रिया पूरा गरी जाने गर्दछन् । सरकारसँग नयाँ श्रम स्वीकृति लिएर वार्षिक साढे ३ लाख युवा खाडीका देश, मलेसिया, दक्षिण कोरिया, युरोपका देश र अफ्रिकाका केही मुलुक पुग्ने गरेको विभागको तंथ्याकमा छ ।

ती प्रत्येकका कामदारसँग सरकारले तोकेको शुल्कभन्दा म्यानपावरले प्रतिकामदार १० हजारका दरले बढी लिदाँ पनि ३ अर्ब ५० करोड वाषिक रोजगारीका नााममा ठगी भइरहेको छ । यसरी वैदेशिक रोजगारीमा जाने कामदारसँग ठगी गरेको पैशा राजनीतिक, भष्टचार र विलाशितामा खर्च हुदै आएको विभिन्न अध्ययनले बताइरहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १ : ४३ बजे

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प

काठमाडौं– नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक

अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग

सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी

काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा नेपालको सरकारी वित्त

आगामी बजेटमा पोषणलाई प्राथमिकतामा राखौँ : आरजु राणा

पाटन– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा

फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

संघीइ राजधानी सहर काठमाडौं फेरि एक पटक संसारकै खराब वायु