विकास बजेट व्याजका लागि बैंकमा राखेको तीन महिनापछि थाहा पाएँ– उपमेयर खड्गी | Khabarhub Khabarhub

विकास बजेट व्याजका लागि बैंकमा राखेको तीन महिनापछि थाहा पाएँ– उपमेयर खड्गी


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले विकास बजेट व्याजमा लगाएको आफूले पनि समाचारहरु सार्वजनिक भएपछि मात्र थाहा पाएको बताएकी छिन् ।

नेपाली कांग्रेसले आजबाट शुरु गरेको जागरण अभियान अन्तर्गत काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपमेयर खड्गीले समाचारहरु सार्वजनिक भएपछि आफूले विकास बजेट व्याजमा लगाएको बारे सोधपुछ गरेको बताइन् ।

‘हाम्रो विकास बजेट तीन महिना भइसकेको रहेछ फिक्स डिपोजिटमा रहेको रहेछ’ उनले भनिन्,‘यस्तो गर्न मिल्दैन म एक्लै भएपनि डगमगाएको छैन । म एक्लै लड्छु सडकमा आउँछु ।’

उपमेयर खड्कीले मेयर विद्यासुन्दर शाक्य संस्कारी नभएको आरोप लगाइन् । उनले आफू राजनीतिक संस्कारबाट हुर्किएको बताइन् ।

महानगरपालिकाले विकासका लागि खर्च गर्नुपर्ने रकम व्याजका लागि मुद्दती खातामा राखेको समाचार केही समय अघि सार्वजनिक भएको थियो ।

आन्तरिक स्रातबाट एक अर्ब भन्दा धेरै रकम महानगरपालिकाले बैंकमा मुद्दति निक्षेपमा रहेको हो । महानगरले ९.५ प्रतिशत व्याजका लागि विकास बजेट बैंकमा रहेको हो ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  २ : ५० बजे

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु

झापामा दुई पुरुष मृत भेटिए

दमक– जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित

बगहीमा नेपाल-भारतको साझा छठघाट

महोत्तरी– महोत्तरी र धनुषाको सीमामा रहेको  बिगही नदीमा नेपाल(भारतको साझा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौं– जेन-जी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए