विकास बजेट व्याजका लागि बैंकमा राखेको तीन महिनापछि थाहा पाएँ– उपमेयर खड्गी « Khabarhub

विकास बजेट व्याजका लागि बैंकमा राखेको तीन महिनापछि थाहा पाएँ– उपमेयर खड्गी


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले विकास बजेट व्याजमा लगाएको आफूले पनि समाचारहरु सार्वजनिक भएपछि मात्र थाहा पाएको बताएकी छिन् ।

नेपाली कांग्रेसले आजबाट शुरु गरेको जागरण अभियान अन्तर्गत काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपमेयर खड्गीले समाचारहरु सार्वजनिक भएपछि आफूले विकास बजेट व्याजमा लगाएको बारे सोधपुछ गरेको बताइन् ।

‘हाम्रो विकास बजेट तीन महिना भइसकेको रहेछ फिक्स डिपोजिटमा रहेको रहेछ’ उनले भनिन्,‘यस्तो गर्न मिल्दैन म एक्लै भएपनि डगमगाएको छैन । म एक्लै लड्छु सडकमा आउँछु ।’

उपमेयर खड्कीले मेयर विद्यासुन्दर शाक्य संस्कारी नभएको आरोप लगाइन् । उनले आफू राजनीतिक संस्कारबाट हुर्किएको बताइन् ।

महानगरपालिकाले विकासका लागि खर्च गर्नुपर्ने रकम व्याजका लागि मुद्दती खातामा राखेको समाचार केही समय अघि सार्वजनिक भएको थियो ।

आन्तरिक स्रातबाट एक अर्ब भन्दा धेरै रकम महानगरपालिकाले बैंकमा मुद्दति निक्षेपमा रहेको हो । महानगरले ९.५ प्रतिशत व्याजका लागि विकास बजेट बैंकमा रहेको हो ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  २ : ५० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन