अमेरिकी तल्लो सदबाट ताइवानलाई समर्थन गर्ने प्रस्ताव पारित, चीन क्रुद्ध « Khabarhub

अमेरिकी तल्लो सदबाट ताइवानलाई समर्थन गर्ने प्रस्ताव पारित, चीन क्रुद्ध


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभले ताइवानलाई समर्थन गर्ने एक प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।

हाउस अफ रिप्रेजेन्टेटिभले पारित गरेको प्रस्तावमा निरन्तर चीनको दबाब खेपिरहेको ताइवानको सुरक्षाका लागि रक्षा खर्च बढाउन आह्वान गरिएको छ ।

ताइवानको रक्षाका लागि अमेरिकाले ताइवानलाई रक्षा उपकरण तथा हतियारको विक्रीसमेत जारी राख्ने विज्ञप्तिमा जनाइएको छ । त्यसबाहेक अमेरिकाले अन्तर्राष्ट्रिय क्षेत्रमा ताइवानको सहभागितालाई सुनिश्चित गर्न सक्दो प्रयास गर्ने समेत जनाइएको छ ।

उक्त गैर बाध्यकारी प्रस्ताव हाउसले ४१४ का विरुद्ध शून्य मतले पारित भएको हो । यद्यपि ‘ताइवान असुरेन्स एक्ट २०१९’ नाम दिइएको उक्त प्रस्ताव माथिल्लो सदन सिनेटमा मतदानका लागि आउने वा नआउने भने स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी कंग्रेसको पछिल्लो कदमको ताइवानको विदेश मन्त्रालयले स्वागत गरेको जनाएको छ । ताइवानी विदेशमन्त्रालयले यो ताइवान–अमेरिका द्विपक्षीय सम्बन्ध तथा सहकार्यका लागि सकारात्मक कदम भएको भन्दै आगामी दिनमा पनि ताइवान अमेरिकासँग हातेमालो गर्न नयार रहेको जनाएको छ ।

चीनले ताइवानलाई आफ्नो मुलुकको एक हिस्सा मान्दै आएको छ । मुख्य भूमिसँगको एकीकरणका लागि चीनले ताइवानमाथि सैनिक आक्रमण नै गर्नसक्ने विकल्प सदैव खुला रहेको जनाउँदै आएको छ ।

एक चीन नीति मान्दै आएको अमेरिका र ताइवानबीच औपचारिक सम्बन्ध नभएपनि अनौपचारिक तवरबाट अमेरिकाले ताइवानसँग व्यापार गर्दै आएको छ भने ताइवानलाई भारी मात्रामा हतियार पनि उपलब्ध गराउँदै आएको छ ।

यता चीनले भने अमेरिकी कंग्रेसको कदमको निन्दा गरेको छ । अमेरिकी विदेशमन्त्रालयले अमेरिकी कदमले चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै यो प्रस्ताव रोकिनुपर्ने जनाएको छ ।

पछिल्लो समय चीन र अमेरिकाबीच व्यापारिक विषयमा तनाव उत्कर्षमा रहेका बेला अमेरिकाले ताइवानलाई समर्थन गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ३ : १७ बजे

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव