मृत्युदण्ड पाएर पनि बाँचेकी पाकिस्तानी महिला क्यानाडा पुगिन् « Khabarhub

मृत्युदण्ड पाएर पनि बाँचेकी पाकिस्तानी महिला क्यानाडा पुगिन्


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानमा ईश निन्दाको अभियोगमा मृत्युदण्डको सजाय पाएर पनि छुटेकी इसाई महिला आशिया बिबी क्यानाडा पुगेकी छिन्पा।

किस्तानमा रहेका उनका वकिललाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मृत्युदण्डको सजाय पाएर सर्वोच्च अदालतको आदेशपश्चात छुटेकी बिबी क्यानाडा पुगेको जनाएका हुन् ।

पाकिस्तानी अधिकारीले पनि बिबीले पाकिस्तान छाडेको जनाएका छन् । यद्यपि पाकिस्तानी अधिकारीले उनले कहिले पाकिस्तान छाडेकी र हाल कहाँ छिन् भन्ने केही खुलाएका छैनन् । बिबीका दुई छोरी पनि क्यानाडामै रहेको बताइएको छ ।

पाकिस्तानमा उनको सुरक्षामा निकै ठूलो चुनौति रहेको भन्दै सुरक्षाका लागि उनलाई क्यानाडा लगिएको बताइएको छ ।

सन् २००९ मा सामान्य विवादमा आशिया बिबीले इस्लाम धर्मका प्रवर्तक मोहम्मदको निन्दा गरेको अभियोग लागेको थियो । यसै अभियोगमा सन् २०१० मा उनलाई दोषी ठहर गरिएको थियो ।

यद्यपि अघिल्लो वर्ष पाकिस्तानको सर्वोच्च अदालतले उनको मृत्युदण्डको फैसलालाई उल्ट्याउँदै उनलाई सफाई दिएको थियो ।

पाकिस्तानी समाजलाई नै दुई चिरामा विभाजित गरिदिएको सर्वोच्च अदालतको उक्त फैसलापछि पाकिस्तानी समाजको कट्टर इस्लामिक तप्काले मुलुकमा ईश निन्दा कानूनको कठोर पालना हुनुपर्ने आवाज चर्काएका थिए भने उदारवादीले आधुनिक समयमा ईश निन्दा कानूनको औचित्य नभएको तर्क गर्दै आएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ३ : ३० बजे

एआईजी दाहालले संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको