बिस्फोटक पदार्थसहित विप्लव समूहका पोलिट्ब्यूरो सदस्य पक्राउ « Khabarhub

बिस्फोटक पदार्थसहित विप्लव समूहका पोलिट्ब्यूरो सदस्य पक्राउ


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पोलिट्ब्यूरो सदस्य भरत बम पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेसहितको टोलीले बमलाई नेपालगञ्जबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बमबाट बिस्फोटक सामग्री र केही दस्तावेज फेला पारेको प्रहरीले दाबी गरेको छ ।

पक्राउ परेका बम विप्लव नेकपाका शीर्ष ५ जना नेतामध्ये पर्छन् ।

प्रहरीले यसअघि विप्लव समूहका पोलिट्ब्यूरो सदस्य हेमन्तप्रकाश वली (सुदर्शन)लाई पक्राउ गरेको थियो ।

पक्राउ परेका सुदर्शन अहिले १ जनाको ज्यान जानेगरी ललितपुरको नख्खुस्थित एनसेल टावरमा गराइएको बम विस्फोटसँग सम्बन्धित मुद्दाको पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ४ : ५० बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ