अमेरिकाले भेनेजुएलाका लागि ‘नौसैनिक अस्पताल’ पठाउने « Khabarhub

अमेरिकाले भेनेजुएलाका लागि ‘नौसैनिक अस्पताल’ पठाउने


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– पछिल्लो समय राजनीतिक संकटमा फसिरहेको ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा अमेरिकाले नौसैनिक अस्पताल पठाउने भएको छ ।

कोलम्बियाकी उपराष्ट्रपति मार्था लुसिया रामिरेजसँगको भेटवार्तापछि अमेरिकी कार्यवाहक रक्षामन्त्री प्याट्रिक सनहनले भेनेजुएलामा मानवीय संकट उत्पन्न भएकाले त्यहाँका जनतालाई सहयोग गर्नका लागि युएसएस कम्फर्ट नामक नौसैनिक अस्पताल पठाउन लागिएको जनाएका हुन् ।

आगामी जुन महिनाबाट भर्जिनिया राज्यको नोरफोकमा रहेको नौसैनिक अखडाबाट युएसएस कम्फर्टलाई क्यारिबियन, मध्य अमेरिका तथा दक्षिण अमेरिकातर्फ पठाइने जनाएका हुन् ।

यो नौसैनिक अस्पतालको अभियान ५ महिनाका लागि निर्धारण गरिएको सनहनको भनाइ छ । यो नौसैनिक अस्पताललाई स्थान दिने मुलुकहरुको नाम पछि सार्वजनिक गरिने बताइएको छ ।

पछिल्लो समय समाजवादी राष्ट्रपति निकोलस मादुरोको कार्यकालमा भेनेजुएलामा मानवीय संकट उत्पन्न भएको बताइन्छ । गत जनवरी २३ मा त्यहाँका विपक्षी नेता हुआँ गुआइदोले आफैंलाई मुलुकको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक संकट बढ्दै गएको छ ।

गुआइदोलाई अमेरिकासहित पश्चिमा तथा केही ल्याटिन अमेरिकी मुलुकले समर्थन गर्दै आएका छन् भने मादुरालाई रुस र चीनसहित अन्य ल्याटिन अमेरिकाका बामपन्थी सरकार रहेका मुलुकहरुले सार्थन गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ६ : ५२ बजे

आज बुधबार, कृष्ण अवतारको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने

कतार विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं – विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ। मंगलबार

स्वीट्जरल्यान्डलाई ६-१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल क्वाटरफाइनलमा

काठमाडौं – स्वीट्जरल्यान्डलाई भारी गोल अन्तरले पराजित गर्दै पोर्चुगल विश्वकप

आज २०७९ साल मंसिर २१ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल मंसिर २१ गते बुधबार। ज्योतिष

पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपकामा मोरक्को क्वाटरफाइनलमा पुगेको छ