सरकारले संघीयता नचाहेको नेता निधिको आरोप « Khabarhub

सरकारले संघीयता नचाहेको नेता निधिको आरोप


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले संघीयता नचाहेको आरोप लगाएको छ ।

कैलालीको लम्कीमा बुधबार राष्ट्रिय जागरण अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय सभाको उद्घाटन गर्दै उपसभापति निधिले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा समेत संघीयताका बारेमा सरकारले ठोस नीति र कार्यक्रम ल्याउन नसकेको आरोप लगाए ।

कार्यक्रममा कांग्रेस प्रशिक्षण विभागका सदस्य तथा महिला नेत्री आरजु राणा देउवाले जनताका बीचमा जानका लागि पनि अभियान आवश्यक रहेको बताए । कांग्रेसका केन्द्रीय सदस्य तथा अभियान कैलालीका लागि केन्द्रीय प्रतिनिधि श्याम घिमिरेले राष्ट्रिय जागरण अभियानका क्रममा आफू एक महिनासम्म कैलालीमा रहने बताउँदै अभियानमा सबैले साथ दिन आग्रह गरे ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १० : २६ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित