१ जना कार्यकर्ता छुटाउन ८० लाखको पढाइ अवरुद्ध « Khabarhub

१ जना कार्यकर्ता छुटाउन ८० लाखको पढाइ अवरुद्ध


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द(विप्लव) निकट नेकपाका एक कार्यकर्तालाई प्रहरीबाट छुटाउन ८० लाख विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित गरिएको छ । पढ्न पाउने अधिकार हनन् हुँदा पनि सरकार निरीह देखिएको छ । राजनीतिक स्वार्थपूर्तिका लागि विद्यालय तथा कलेज बन्द गर्ने समूहलाई कारबाही गर्न नसक्दा यस्तो प्रवृत्ति मौलाइरहेको छ ।

बिहीबार पनि मुलुकभरका शैक्षिक संस्थामा पढाइ ठप्प भयो । विद्यार्थी घर फर्कन बाध्य भए । राजनीतिक रुपमा आफूलाई स्थापित गराउन विभिन्न बहाना बनाएर विद्यार्थी संगठनले आन्दोलन गर्ने गरेका छन् ।

नेकपानिकट अनेरास्ववियु (क्रान्तिकारी)ले कोषाध्यक्षसमेत रहेका नरेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको विरोधमा शैक्षिक संस्था बन्द गरेको हो । समाचार अन्नपूर्ण पोस्ट्ले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : ०१ बजे

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी