चीन र अमेरिकाले सहकार्य गरुन् : अमेरिकाका लागि चिनियाँ राजदूत « Khabarhub

चीन र अमेरिकाले सहकार्य गरुन् : अमेरिकाका लागि चिनियाँ राजदूत


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन, संयुक्त राज्य अमेरिका- संयुक्त राज्य अमेरिकाका लागि चीनका राजदूत कुइ चिनकाइले चीन र अमेरिकाबीच अझ सशक्त सहकार्यको अपेक्षा गरेको बुधबार बताउनुभएको छ ।

चीन–अमेरिकाबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वर्षको उपलक्ष्य र चिनियाँ नयाँ बर्षको अवसरमा आयोजना गरिएको एक समारोहमा कुईले विश्वमा अथाह परिवर्तन भइरहेकोले चीन र अमेरिकाबीच सहकार्य होस् भन्ने चाहना आफूको मात्र नभएर विश्व समुदायकै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलेभन्दा अझ बढी विश्वव्यापी परिवर्तनहरू आइरहेका छन् । विश्वले चीन र अमेरिकाबीचको सहकार्य चाहेका छन् ।’

कुईले भन्नुभयो, ‘हाम्रा जनताले वासिङ्टन र बेइजिङबीचको सहकार्य चाहेका छन् । हाम्रा साझा चासोका विषय बढ्दैछन् । हामीले सहकार्यलाई विगत चार दशकका उपलब्धिका आधारमा बिस्तार तथा मजबुत पार्न जरूरी छ ।’

चालिस–बर्ष पूरानो चीन–अमेरिका कूटनीतिक सम्बन्धले दुई देशलाई विश्वव्यापी आर्थिक सङ्कट र कोरियाली प्रायदीपको राजनीतिक समाधानजस्ता क्षेत्रीय तथा विश्वव्यापी बिषयमा निकट बनाएका उहाँको भनाइ थियो ।

समारोहमा अमेरिकी बाणिज्य मन्त्री विल्बर रोस, एशिया मामिला हेर्ने अमेरिकी सुरक्षा परिषदका विशिष्ठ निर्देशक मट पोटिङ्गर तथा अमेरिकी कङ्ग्रेसका कैयौँ सदस्यतथा करिब ७५० अतिथिको सहभाअगिता रहेको थियो ।

जनगणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाबीच औपचारिक सम्बन्ध १९७९ को जनवरी १ मा स्थापित भएको थियो । विगत चार दशकमा विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको सम्बन्धमा धेरैले अनुमान गर्नेभन्दा आश्चर्यजनक रहने गरेको छ ।

दुई देशको व्यापार सन् १९७० को दशकको अन्त्यतिर बार्षिक करिब २ दशमलव ५ अर्ब अमेरिकी डलर रहेकोमा सन् २०१७ सम्म आइपुग्दा बार्षिक पाँच खर्ब ८० अर्ब अमेरिकी डलर पुगेको छ । त्यसैगरी दुईतर्फी लगानी व्यवहारिक रूपमा शुन्यबाट दुई खर्ब ३० अर्ब अमेरिकी डलर पुगेको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : ३९ बजे

लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि