बाँकेलाई औद्योगिक राजधानीका रुपमा विकास गरिन्छ- मन्त्री गिरी | Khabarhub Khabarhub

बाँकेलाई औद्योगिक राजधानीका रुपमा विकास गरिन्छ- मन्त्री गिरी


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा-  प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बाँके जिल्लालाई औद्योगिक राजधानीका रूपमा विकास गरिने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँके शाखाले शुक्रबार खजुरामा आयोजना गरेको औद्योगिक महिला उद्यमशीलता लघु घरेलु तथा कृषि प्रविधि पर्यटन महोत्सव उद्घाटनका क्रममा उनले भने, ‘‘यस प्रदेशमा औद्योगिक व्यापारका लागि नेपालगञ्ज प्रमुख नाकाका रुपमा रहेको र वैजनाथ नौवस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणले थप सहयोग पुग्ने छ । ”

मन्त्री गिरीले भनेऽ “संसारकै सर्वश्रेष्ठ गन्तव्य मानसरोवरको प्रवेशद्वारका रुपमा समेत नेपालगञ्ज रहेकाले मानसरोवरमा आस्था राख्ने छिमेकी मुलुक भारतका धार्मिक पर्यटकलाई नेपालगञ्जमा बस्ने वातावरण तयार गर्न प्रदेश सरकारले योजना बनाएको छ ।”

उनले बाँके र बर्दियालाई आर्थिक पर्यटन क्षेत्रको प्याकेजको रूपमा जोड्न बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारामा खुला नाट्यशाला निर्माण गरिने र बाँके राष्ट्रिय निकुञ्जलाई थप व्यवस्थित गरिने बताए ।

घरेलु तथा साना उद्योग प्रवद्र्धन र उत्पादन बजारीकरणका लागि मेला आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष समरबहादुर खत्रीले बताए ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १० : ३४ बजे

प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीका बुबाआमालाई

कैलाली– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो

काठमाडौं महानगरमा प्लास्टिकको क्रिसमस ट्रीको प्रयोगमा रोक

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध गरेको

जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह

काठमाडौँ– पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी