सूचना प्रविधि मेला अवलोकनकर्ताको भीड « Khabarhub

सूचना प्रविधि मेला अवलोकनकर्ताको भीड


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर : कम्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) चितवनको आयोजनामा भरतपुरमा ‘चौथो क्यान इन्फोटेक–२०७५’ सूचना प्रविधि मेलामा अवलाेकनकर्ताकाे भीड बढेको छ ।

भरतपुरको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा शुक्रबार मेलाको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा सम्बोधन गर्दै मन्त्री लामाले कृषि, पर्यटन र जलविद्युत्लाई सूचना प्रविधिसँग जोडेर देशलाई समृद्ध बनाउन सकिने बताए । सूचना, प्रविधि र मनोरञ्जनको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्दै प्रविधिमैत्री जनशक्ति निर्माण र आइटी क्षेत्रको नयाँ प्रविधिलाई उजागर गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेला मूल समिति संयोजक एवं सङ्घका शाखा अध्यक्ष भानु शर्माले बताए ।

‘चितवनको समृद्धिः सूचना र प्रविधि’ नाराका साथ आयोजना गरिएको मेलामा सूचना प्रविधिका साथै हार्डवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्री) तथा सफ्टवेयर, सुरक्षा सम्बन्धित सामग्री, मोबाइल, स्मार्ट टिभीलगायतका ८० कक्ष रहेका छन् । मेलामा हालै भित्रिएका विभिन्न नयाँ प्रविधिसमेत राखिएको क्यानले जनाएको छ ।

पाँच दिनसम्म चल्ने उक्त मेलामा नेपालमै बसेर सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहाने युवा विद्यार्थीको प्रतिभा देखाउने र नयाँ क्षमता अभिवृद्धि गर्ने युवा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक ‘आइडिया हन्ट’ कार्यक्रम आयोजना गरिएको सङ्घका सचिव सन्तोष भुसालले जानकारी दिए ।

मेलामा आइटीसम्बन्धी अन्तक्र्रियामा ‘डिजिटल नेपाल’ प्रोजेक्ट प्रदर्शनी तथा प्रतियोगिता, वेबसाइट निर्माण प्रतियोगिता, केलेजस्तरीय हाजिरी जवाफ प्रतियोगिता, आइटीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने सेमिनार मेलामा आयोजना गरिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १० : ०४ बजे

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ