कोरिया भाषा परीक्षा आजबाट शुरु, ९२ हजार युवा सहभागी | Khabarhub Khabarhub

कोरिया भाषा परीक्षा आजबाट शुरु, ९२ हजार युवा सहभागी


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि लिइने कोरियन भाषा परीक्षा शनिबार (आज)बाट शुरु भएको छ । शनिबार र आइतबार काठमाडौं र पोखरामा सञ्चालन हुने भाषा परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी हुँदै छन् । आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ ।

गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए । यस परीक्षाको नतिजा आगामी १३ असारमा प्रकाशित हुनेछ । यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजाने तयारी छ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो, परीक्षार्थीले सोही अनुरूप भाषा परीक्षा दिनुपर्छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम गत ८ चैतबाट खुला भएको थियो ।

१८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् । नेपालका कामदारका लागि दक्षिण कोरिया आकर्षक गन्तव्य भएका कारण यस परीक्षाका लागि धेरै आवेदन पर्ने गरेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

ईपीएस शाखाका सूचना अधिकारी शोभाकार भण्डारीले रोजगारदाताले छनोट नगरेका व्यक्तिलाई पठाउन नसकिएको बताए । ‘रोजगारदाताले आफूलाई चाहिने कामदारको संख्या कोरियाको मानव संसाधन विभागमा पठाउँछ, विभागले सबै देशका नागरिकको संख्या राखेर रोजगारदातालाई चाहिनेभन्दा तीन गुणा बढी सूची उपलब्ध गराइनेछ,’ उनले भने, ‘जसलाई रोजगारदाताले छनोट गर्छ, त्यही व्यक्ति जान पाउने हो ।’ यस परीक्षाको नतिजा आगामी १३ असारमा प्रकाशित हुने जानकारी दिए ।

सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि दक्षिण कोरियाले नेपाली कामदार लिन सुरु गरेको हो । त्यसबेलादेखि अहिलेसम्म दक्षिण कोरियामा ईपीएसमार्फत करिब ३५ हजारभन्दा बढी नेपाली कामदार पुगिसकेका छन् । दक्षिण कोरियामा न्यूनतम मासिक १ लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले नेपाली कामदारको आकर्षण बढेको छ । अहिलेसम्म कुल ५५ हजारभन्दा बढी कामदार त्यहाँ पुगिसकेका छन् । कोरियाले ४० वर्ष ननाघेका अदक्ष कामदारलाई आकर्षक तलब दिने गरी आफ्नो मुलुकमा लगिरहेको छ ।

अन्य गन्तव्य मुलुकहरूको तुलनामा आकर्षक कमाइ हुने भएकाले दक्षिण कोरिया जान खोज्ने युवाको संख्या उच्च छ । परीक्षा दिन आउँदा प्रवेशपत्र र सक्कल राहदानी अनिवार्य रूपमा ल्याउन आग्रह गरिएको छ ।

यस्तै, परीक्षार्थीले उत्तरपुस्तिकामा चिह्न लगाउने प्रयोजनमा कालो बल पेन नै प्रयोग गर्नुपर्नेछ । यस्तै, परीक्षामा सहभागी हुँदा मोबाइलसहित कुनै स्मार्ट डिभाइसहरू नबोक्न पनि सो शाखाले आग्रह गरेको छ । यस परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई तीन वर्षसम्म भाषा परीक्षा दिन नपाउने गरी निष्काशन गरिने सो शाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  १२ : २९ बजे

गण्डकी प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली अर्पण

कास्की– गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र

पर्यटकको पर्खाइमा म्याग्दीको जलजला क्षेत्र (तस्बिरहरू)

म्याग्दी- ठूलो जंगलको बिचमा घाँसे मैदान । आँखै अगाडी पुथा,

चिसो बढेपछि लिमी प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

हुम्ला– हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी

जूनको उज्यालोमा मकै सुकाउने पर्व

गोरखा– गोरखामा जूनको उज्यालोमा मकै सुकाउने पर्व मनाइएको छ ।