मेक्सिकोमाथि दण्डात्मक कर लाउने निर्णयबाट अमेरिका पछि हट्यो « Khabarhub

मेक्सिकोमाथि दण्डात्मक कर लाउने निर्णयबाट अमेरिका पछि हट्यो


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको चेतावनीपछि मेक्सिकोले आप्रवासीहरुको अवैध प्रवेश रोक्नका लागि कडा कदम उठान सहमति जनाएको छ । आप्रवासीहरुको अवैध प्रवेश अमेरिकामा बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि मेक्सिकोले उचित कदम नचालेको आरोप लगाउँदै अमेरिकाले मेक्सिकोका उत्पादनमाथि थप पाँच प्रतिशत आयात शुल्क लगाउने चेतावनी दिएको थियो ।

आउने सोमबारदेखि आयात शुल्कमा दण्डात्मक कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयपछि मेक्सिकोले आप्रवासीको अवैध प्रवेशमा नियन्त्रण गर्ने सम्बन्धमा एक सम्झौता गरेको ह्वाइट हाउसले जनाएको छ । योसँगै तत्कालका लागि मेक्सिको विरुद्ध दण्डात्मक कर लगाउने अमेरिकी निर्णय स्थगित हुने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले एकपछि अर्को ट्वीट गर्दै अमेरिका र मेक्सिकोबीच एक लिखित सम्झौता भएको कुरा बताउँन पाउँदै अत्यन्तै खुशी लागेको बताएका छन् ।

मेक्सिकोले आगामी दिनमा आप्रवासीहरुको अवैध प्रवेशमा सशक्त कदम नउठाए मेक्सिकोबाट उत्पादित वस्तुमा लाग्ने आयात शुल्कमा थप पाँच प्रतिशत वृद्धि गर्ने र आगामी अक्टुबरसम्ममा २५ प्रतिशत पुर्‍याउने अमेरिकी राष्ट्रपतिले बताएका छन् । दुई देशबीच भएको सम्झौताको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  २ : ३२ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।