चर्को गर्मी छल्न नेपालगञ्जमा १० हजार ठूला रुख रोप्दै सरकार « Khabarhub

चर्को गर्मी छल्न नेपालगञ्जमा १० हजार ठूला रुख रोप्दै सरकार


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले नेपालगन्जको चर्को गर्मी छल्न १० हजार ठूला रुख रोप्ने तयारी भइरहेको बताए ।

शनिवार नेपालगञ्जमा आयोजित एक कार्यक्रममा उनले १० हजार ठूला रुख रोप्ने योजना सार्वजनिक गरेका हुन् । उनले भने “असाध्यै गर्मी हुने नेपालगञ्जमा हराभरा नभई नहुने रहेछ, देशकै सबैभन्दा धेरै गर्मी हुने शहरका रुपमा रहेको यहाँ हरिया रुखहरु नै छैनन्, यहाँको गर्मी छल्न १० हजार ठूला रुख रोप्ने योजना बनाएका छौँ ।”

मन्त्री राईले नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरेर कामको थालनी गरिने बताए ।

“उपमहानगरपालिकाका मेयरसँग छलफल भइरहेको छ”, उनले भने “अधिकांश ठाउँमा सडक विस्तार भइसकेको र रुख रोप्नका लागि आवश्यक पर्ने खाली रहेका ठाउँमा रुख रोप्ने योजना छ ।”

उनका अनुसार बिरुवा लगाउँदा ठूलो हुन समय लाग्ने भएकाले सम्भवत केही ठूला रुख नै उच्च प्रविधिको प्रयोग गरेर लगाउने योजनामा शहरी विकास मन्त्रालय रहेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ३ : १६ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा