प्रहरीमाथि तरुण दलको आरोपः राधेलाई राज्य संयन्त्रले नै मार्न खोज्यो « Khabarhub

प्रहरीमाथि तरुण दलको आरोपः राधेलाई राज्य संयन्त्रले नै मार्न खोज्यो


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाल तरुण दलले धादिङ उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे)लाई राज्य सुरक्षा संयन्त्रले नै मार्ने षडयन्त्र गरेको आरोप लगाएको छ । तरुण दलले शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी नेपाल प्रहरी नै भण्डारीको ज्यान लिने षडयन्त्रमा लागेको दाबी गदै जीवन रक्षाको माग गरेको हो ।

पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रिय अध्यक्ष जीतजंग बस्नेतले धादिङको रोराङ गाउँपालिका टुनेदोबानमा जेठ २२ गते भएको विवादमा संलग्न नै नभएका भण्डारीलाई स्थानीय जनक मगरले किटानी जाहेरी दिएको भनी गलत कागज बनाई प्रहरीले नियन्त्रणमा लिने काम गरेको भन्दै आपत्ति जनाए । उनले भण्डारीलाई मार्ने योजना भईरहेको आफुहरुले थाहा पाएको भन्दै जीवनरक्षाको माग गरेका छन् ।

‘जिल्ला उपाध्यक्षलाई मार्छु, काट्छु भनेर प्रहरीका विभिन्न पदमा बसेका व्यक्तिले धम्की दिइरहेका छन् । अहिले तरुण दल र पुलिस प्रशासनबीच ३६ को आँकडा भएको छ । साच्चै नै पुलिस प्रशासन यही ढंगले जाने हो भने हामी पुलिस प्रशासन विरुद्ध अगाडि बढ्नुपर्छ । सोझो, इमान्दार मान्छेलाई यसरी समात्ने हो भने हामी कुनै पनि आन्दोलन गर्न तयार छौँ ।’ उनले भने, ‘राधेलाई समात्ने मात्रै होइन कि राधेलाई मार्ने योजनामा पुलिस प्रशासन अगाडि बढेको छ भन्ने हामीले सुनेका छौँ । हामी उहाँको जीवनरक्षको पनि अपिल गर्छौं ।’

कार्यक्रममा स्थानीय जनक मगरले पुलिस आफैँले तयार पारेको किटानी जाहेरीमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको बताए । तरुण दलले उपाध्यक्ष भण्डारीलाई रिहा नगरे देशव्यापी आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ५ : २८ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक