अरुको नाममा कोरियन भाषाको जाँच दिन गएका ५५ जना पक्राउ « Khabarhub

अरुको नाममा कोरियन भाषाको जाँच दिन गएका ५५ जना पक्राउ


२५ जेष्ठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरियन भाषा परीक्षा दिने ५५ जना नक्कली प्रशिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर ललितपुर तथा स्थानीय प्रहरी इकाईबाट खटिएको टोलीले शनिवार(आज) काठमाण्डौ र ललितपुरका बिभिन्न परीक्षा केन्द्रहरुबाट अरुको नामको परीक्षामा सहभागी भएका ५५ जनालाई नियन्त्रणमा लिएको हो ।

पहिलो चरणको पहिलो दिनको पहिलो सिफ्ट र दोस्रो सिफ्ट कोरियन भाषा परीक्षाको २८ वटा परीक्षा केन्द्रहरुबाट अर्को ब्यक्तीको नाममा परीक्षा दिन परीक्षा हलभित्र प्रबेश गरेका २ महिला र ५३ जना पुरुष गरी जम्मा ५५ जना नक्कली प्रशिक्षार्थीहरुलाई फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी ईकाईहरुमा बुझाईएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत दक्षिण कोरिया जानका लागि लिइने कोरियन भाषा परीक्षा शनिबार आजबाट शुरु भएको छ । शनिबार र आइतबार काठमाडौं र पोखरामा सञ्चालन हुने भाषा परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी हुँदै छन् ।

आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ ।

गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए । यस परीक्षाको नतिजा आगामी १३ असारमा प्रकाशित हुनेछ । यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजाने तयारी छ ।

जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो, परीक्षार्थीले सोही अनुरूप भाषा परीक्षा दिनुपर्छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम गत ८ चैतबाट खुला भएको थियो ।

१८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार  ७ : ३५ बजे

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित