कलाकार संघको चुनाव: अध्यक्षमा सरिता लामिछानेलाई हराउँदै रविन्द्र खड्का विजयी « Khabarhub

कलाकार संघको चुनाव: अध्यक्षमा सरिता लामिछानेलाई हराउँदै रविन्द्र खड्का विजयी


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा रविन्द्र खड्का विजयी भएका छन् । शनिवार सम्पन्न भएको संघको चुनावमा प्रतिद्वन्द्वी सरिता लामिछानेलाई पछाडि पार्दै रविन्द्र विजयी भए ।

संस्थापक अध्यक्ष समेत रहेका खड्काले २१८ मत लिए भने लामिछानेले १६१ मत पाइन् । खड्काले प्रतिद्वन्दी लामिछानेलाई ५८ मतले पछाडि पारेका हुन् ।

यस्तै उपाध्यक्षमा रेजिना उप्रेतीले २४३ मत ल्याएर विजयी भइन् । अर्को उपाध्यक्षमा सानुकुमार ताम्राकारले पनि जीत हासिल गरे । प्रतिद्वन्दी मनोज केसीले १४२ ल्याए भने विनोद भट्टराईले ९६ मत पाए ।

त्यसै गरी महासचिवमा चेतबहादुर सिंह राजा विजयी भए । उनले कूल १८७ मत ल्याए भने प्रतिद्वन्दी सञ्जय खतिवडाले १५६ मत पाए । त्यस्तै सचिवमा पनाह अधिकारी विजयी भए । उनको पोल्टामा १९४ मत खस्यो भने प्रतिद्वन्दी कविता गेलालले १६९ मत लिएर हार बेहोरिन् ।

कोषाध्यक्ष पदमा सुनील कटुवाल निर्विरोध चयन भएका थिए । यस्तै सह–कोषाध्यक्षमा पवित्रा आचार्य विजयी भइन् । उनले २२० मत ल्याएर प्रतिद्वन्द्वी डिबी बम्जनलाई जितिन् । बम्जनले १३३ मत ल्याएका थिए ।

यसै गरी १० जना निर्वाचित सदस्यतर्फ शितल केसी, जयकिशन बस्नेत, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, गोपाल नेपाल, शारदा नेपाल, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  १० : २५ बजे

प्रहरीमा उजुरी दिन अब कार्यालय जानै नपर्ने

काठमाडौं । प्रहरीमा उजुरी दिन अब प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको

अस्ट्रेलियामा नेपालीको संख्या दुई लाख नाघ्यो

काठमाडौं । एक अध्ययनले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको संख्या उल्लेखनीय

बाजुरा–हुम्ला सीमा विवादले झडप, प्रहरीसहित ५ जना घाइते

काठमाडौँ । बाजुरा र हुम्लाको सीमाना क्षेत्रमा पर्ने बाजुराको हिमाली

जेन-जी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक